PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रधानमन्त्री र सभापति एकै व्यक्ति हुनुपर्छ भन्दै शेरबहादुर देउवाले भने : ओलीको उद्देश्य फेरि सत्ता कब्जा हो



पहिलोपोस्ट

प्रधानमन्त्री र सभापति एकै व्यक्ति हुनुपर्छ भन्दै शेरबहादुर देउवाले भने : ओलीको उद्देश्य फेरि सत्ता कब्जा हो

काठमाडौं : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सरकारमा निरन्तरता दिन आफूलाई जिताउन आग्रह गरेका छन्। कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजित महाधिवेशन लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीको उद्देश्य अझै सत्ता कब्जा गर्ने रहेको बताएका हुन्।

भने, 'ओलीको बेला डर त्रासमा बाँच्नुपर्छ। ओली फेरि सत्ता कब्जा गर्ने उद्देश्य राखिरहेका छन्। कम्युनिष्ट शासन आएमा देशमा डरलाग्दो परिस्थिति फेरि आउँछ' उनले भने,'कांग्रेस सरकारमा भइरहे त्यस्तो अवस्था हुँदैन।'

देउवाले निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन सभापति र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्ने कृष्णप्रसाद सिटौलाको भनाईलाई समर्थन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णप्रसाद सिटौलाले पराजित प्रधामन्त्री बोकेर निर्वाचनमा जान नसकिने बताएका थिए। त्यसैले पनि फेरि कांग्रेसलाई जिताउन देउवालाई जिताउनुपर्ने उनको राय थियो।

सम्बन्धित समाचार : महाधिवेशनमा हारेको प्रधानमन्त्री लिएर निर्वाचनमा जान सकिँदैन, देउवा सरकारले निरन्तरता पाउनुपर्छ : कृष्णप्रसाद सिटौला

'भोलि कांग्रेसलाई विजयी बनाउने छु। हारेर प्रधानमन्त्री हुँदा एउटा हो। तर सभापति नै प्रधानमन्त्री हुँदा सफल भएको छ। प्रधानमन्त्री र सभापति एउटै बनाउनु पर्छ। यो मौका आएको छ,'देउवाले भने, 'कुनैपनि हालतमा प्रजातन्त्र बचाउनका लागि पार्टी बलियो बनाउनुपर्छ। प्रधामन्त्री र सभापति एकै भएमा देशमा स्थयित्व हुन्छ। अहिलेको आवश्यकता प्रजातन्त्र बचाउनु हो। नेपालाई ठिक ठाउँमा ल्याउन मलाई मत दिनुहोला।'

उनले प्रतिनिधिहरुलाई रातभर सोचेर भोलि मतदानमा सहभागी हुन भन्दै भने, 'मेरो प्यानललाई जिताउनु होला।'

सम्बन्धित समाचार : महाधिवेशन प्रतिनिधिहरुलाई स्वागत गर्दै देउवाले फेरि भने : तीनै प्रदेशमा सरकार बनाउनुछ, मलाई जिताउनुस‍्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell