PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पोखराका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच सहमति



पोखराका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच सहमति
फोटो : आस्था नेपाली

पोखरा : राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को नतिजामा असन्तुष्टि जनाउँदै आन्दोलनरत रहेका विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच सहमति भएको छ। पोखराका आन्दोलनरत विद्यार्थीको माग बमोजिम प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच १५ दिनभित्र उत्तरपुस्तिका पुनः जाँच गरी नतिजा प्रकाशन गर्ने सहमति भएको हो।

आन्दोलनरत विद्यार्थी प्रतिनिधि, संयुक्त विद्यार्थी संगठन र विद्यालय प्रतिनिधिको उपस्थितिमा प्रदेश परीक्षा व्यवस्थापनले १५ दिनभित्र उत्तरपुस्तिका पुनः जाँच गरी नतिजा प्रकाशन गर्ने लिखित सहमति गरेको हो। सहमति अनुसार उत्तरपुस्तिका पुनः जाँच गर्ने शुल्क विद्यालयले व्यहोर्ने भएको छ।

सम्बन्धित समाचार : कक्षा १२ को प्रकाशित नतिजामा विद्यार्थीको असन्तुष्टि, उत्तरपुस्तिका छिटो चेक गर्नुपर्ने माग

नतिजामा असन्तुष्टि जनाउँदै पोखराका चार विद्यालयका कानुन संकायमा अध्ययनरत विद्यार्थी आन्दोलित थिए। करुणा निधि फाउण्डेसन, पश्चिमाञ्चल उच्च माध्यमिक विद्यालय, भानुभक्त उच्च माध्यमिक विद्यालय र नेशनल क्रियसन एकेडेमी गरी चार विद्यालयका विद्यार्थीले असन्तुष्टि जनाएका थिए। नतिजामा अन्य संकायका विद्यार्थीले समेत असन्तुष्टि जनाएपनि विरोधमा कानुन संकायका विद्यार्थीको मात्र उपस्थिति थियो।

सहमति बमोजिम करुणा निधि फाउण्डेसन र पश्चिमाञ्चल उच्च माध्यमिक विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका पुनः जाँचको शुल्क विद्यालयले व्यहोर्ने भएको छ। भानुभक्त र नेशनल क्रियसनसँग भने शुल्कबारे छलफल गर्न बाँकी रहेको विद्यार्थी संगठनले जानकारी दिएको छ।

सम्बन्धित समाचार : कक्षा १२ को नतिजामा असन्तुष्टि राख्दै धर्ना बसेका विद्यार्थीमाथि प्रहरीको लाठीचार्ज

परीक्षा बोर्डले १७ गते नतिजा प्रकाशन गरेसँगै विद्यार्थी नतिजामा असन्तुष्टि जनाउँदै आन्दोलन शुरु गरेका थिए। उत्तरपुस्तिका चेकजाँचमा हेलचेक्र्याई गरेको आरोप लगाउँदै पुनः जाँच गरेर नतिजा प्रकाशन गर्नुपर्ने माग विद्यार्थीको थियो। उत्तरपुस्तिका जाँचमा लाग्ने शुल्क समेत निःशुल्क हुनुपर्ने उनीहरुको माग थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell