PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

केन्द्रीय सदस्यको ११०० मतगणनामा शशांकको अग्रता कायमै, कसको मत कति?



पहिलोपोस्ट

केन्द्रीय सदस्यको ११०० मतगणनामा शशांकको अग्रता कायमै, कसको मत कति?

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा शनिबार दिउँसोबाट मतगणना भइरहेको छ। खसेको मतको ११०० मतगणना हुँदा डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन्। कोइराला सभापतिका प्रत्यासी रहेका तीनै उम्मेद्वारको सूचीमा परेका थिए। उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको प्यानलमा परेका थिए।

निर्वाचन समितिका अनुसार कोइरालाले ११०० को गणनामा ८८२ मत पाएका छन्। दोस्रो स्थानमा बालकृष्ण खाण छन्। खाणले ७९७ मत पाएका छन्। 

खुला केन्द्रीय सदस्यको जारी गणनासम्म ३५औँ स्थानमा शेखर प्यानलका उम्मेद्वार डा. सुरेशचन्द्र चालिसे छन्। उनले ३८२ मत पाएका छन्। 
केन्द्रीय सदस्यमा सभापतिमा निर्वाचित शेरबहादुर देउवा पक्षका उम्मेद्वारी हाबी देखिएका छन्। शेखर कोइराला प्यानलका उम्मेद्वार थोरैमात्र शीर्ष ३५ मा अटेका छन्। 

कसको कति मत?
अजयबाबु शिवाकोटी ३९२
अर्जुननरसिंह केसी ६०२
उदयशमशेर राणा  ७५१
एनपी साउद ६१३
कुन्दनराज काफ्ले ५९९
गुरु बराल ६०१
गोपालमान श्रेष्ठ ६५७
गोविन्द भट्टराई ५६६
जीतजंग बस्नेत ५१३
जीपछिरिङ लामा ५८८
दिनेश कोइराला ६१३
दिलेन्द्रप्रसाद बडु ६८५
नैनसिंह महर ५१४
पद्मनारायण चौधरी ३९९
बलबहादुर केसी ६९८
मोहन आचार्य ३९०
मोहनबहादुर बस्नेत ६९१
बालकृष्ण खाण ७९७
रमेश लेखक ७०३
डा रामशरण महत ६०९
रामहरि खतिवडा ५७८
लोकेश ढकाल ४५५
शंकर ढकाल ३८८
डा शशांक कोइराला ८८२
सुनीलबहादुर थापा ६००
सुरेन्द्रराज पाण्डे ५०१
त्रैलोक्यप्रताप सेन ४६५
ज्ञानेन्द्रबहादुर कार्की ६७८
टेकराज पौडेल ४१३
तारणीदत्त चतौट ४६७
केदार कार्की ३९६
डा सुरेशचन्द्र चालिसे ३८२
धावा गुरुङ ३८६
गणेश लामा ५८९
मदन अमात्य ४०९



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell