PahiloPost

Dec 4, 2024 | १९ मंसिर २०८१

खुला तर्फको ३५ जना केन्द्रीय सदस्यमा को को परे ? मतगणना अन्तिम चरणमा पुग्दा सानेपाको दृश्य यस्तो

खुला तर्फको ३५ जना केन्द्रीय सदस्यमा को को परे ? मतगणना अन्तिम चरणमा पुग्दा सानेपाको दृश्य यस्तो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको खुला तर्फ केन्द्रीय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको छ। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

मतगणना अन्तिम चरणमा पुग्दा पार्टी केन्द्रीय कार्यलयमा नेता र कार्यकर्ताको उपस्थिति बाक्लिएको छ। कसले कति मत पाए, को ३५ जनाभित्र परे भन्ने विषय चासोको विषय बनेको छ। मत परिणामलाई लक्षित गरेर हाल सानेपामा सुरक्षा व्यस्वस्था पनि कडा पारिएको छ।

पछिल्लो मत परिणाम अनुसार ३ हजार ५९५ मत गणना हुँदा शशांक कोइरालाले सबैभन्दा बढी 'पपुलर' मत ल्याएका छन्। उनले हालसम्म २ हजार ९४० मत पाएका छन्।

यस्तै, दोस्रो स्थानमा एनपी साउद छन्। तेस्रो स्थानमा देउवा पक्षकै नेता तथा गृह मन्त्री बालकृष्ण खाँड छन्। देउवा पक्षकै उदय शम्शेर चौथौमा छन् भने रामहरि खतिवडा पाँचौं स्थानमा छन्।

सम्बन्धित समाचार : ३५९५ मत गणना हुँदा शशांक पपुलर मत सहित अघि, को को छन् टप ३५ मा ?

खुला तर्फ ३५ जना भन्दा बढीको लागि भएको मतदानमा ९९ जना प्रतिस्पर्धी थिए। हालसम्मको परिणाम अनुसार ३५ जनामा अन्तिम पाँच जनाको सूचीमा गणेश लामा, अजयबाबु सिवाकोटी, मोहन आचार्य, उमेशजंग रायमाझी, गोपाल दहित र कृष्णकिशोर घिमिरे छन्।



ट्रेन्डिङ पोस्ट

Ncell