PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

पर्यटन बोर्डका सिइओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम



पहिलोपोस्ट

पर्यटन बोर्डका सिइओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम

काठमाडौंः सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले माघ ३ गतेसम्म रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो। 

अदालतले माघ ३ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ। दुबै पक्षको छलफलबाट एकल इजलासबाट जारी भएको आदेशले निरन्तरता पाएमा निलम्बनको निर्णय कार्यान्वयन रोकिेन छ। आदेश निरन्तर नभएमा भने निर्णय कार्यान्वयन हुने छ। 

रेग्मीमाथि त्रिवि विमानस्थलन भन्सार कार्यालयका एक कर्मचारीमाथि दुव्र्यवहारको आरोप लागेपछि छानबिन समिति बनाइएको थियो। समिति गठन गरेर प्रक्रिया अघि बढेसँगै उनी निलम्बनमा परेका थिए। 

रेग्मीले पुस १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए। आफूलाई गैरकानुनी रुपमा निलम्बन गरिएको रेग्मीले निवेदनमा जिकिर गरेका छन्।  

सम्बन्धित समाचारः मदिराले मातेर भन्सारका कर्मचारी पिट्ने पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell