कजाकस्तानको सरकारले त्यहाँका सैन्य अधिकारीलाई प्रदर्शनकारी माथि बिना चेतावनी गोली हान्ने हतियारसमेत दिएको छ।
एलपी ग्यासको मूल्यवृद्धिसँगै कजाकस्तानमा जनवरी २ देखि प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीतर्फ हताहती भएको छ। सयौँ घाइते भएका छन्। स्थितीलाई नियन्त्रणमा लिनका लागि रसियाले नेतृत्व गरेको कजाकस्तानसमेत संलग्न पूर्व सोभियत सदस्यको सैन्य गठबन्धनले सेना परिचालन गरेको छ। रसियाली सेना स्थिती नियन्त्रणका लागि कजाकस्तान पुगेको छ।
त्यहाँ राष्ट्रपति कासिम जोमार्त तोकायभले सेनालाई बिना चेतावनी गोली चलाउनेसक्ने अधिकार दिएको न्यूयोर्क टाइम्सले जनाएको छ।
'हामीले विदेशबाट आवाज सुनिरहेका छौँ की संवादबाट समस्याको शान्तिपूर्ण समस्या होस भनिरहेका छन्,' उनले भनेका छन्, 'यो एकदम बकबास हो।'
यो पनि:
किन भड्कियो कजाकस्तानमा हिंसा? : 'स्थिति नियन्त्रण'का लागि रुसले पठायो सेना
राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा उनले अगाडि भनेका छन्- 'अपराधी र हत्यारासँग कस्तो किसिमको संवाद गर्ने हो। उनीहरुलाई नष्ट गर्नुपर्छ। र यो हुनेछ।'
रसियाको नेतृत्वको सेना कजाकस्तान पुगेसँगै त्यहाँको सरकारले यस्तो आदेश जारी गरेको हो। राष्ट्रपतिले यो आदेश दिएसँगै त्यहाँ थप गोलि चलाएका आवाजहरु सुनिएका छन्। देशको ठूलो शहर अल्मातेमा गोलिवारी भइरहेको छ। हिंसात्मक प्रदर्शनको इपिसेन्टर यही शहर हो।
त्यहाँको आन्तरिक मामिला मन्त्रालयले २६ 'हतियारधारी अपराधी' र सुरक्षाकर्मी मारिएको जानकारी गराएको बीबीसीले जनाएको छ।