PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

प्रचण्डलाई पनि कोरोना भाइरसले समात्यो, बसे आइसोलेसनमा



पहिलोपोस्ट

प्रचण्डलाई पनि कोरोना भाइरसले समात्यो, बसे आइसोलेसनमा
फाइल फोटो।

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ। यसअघि नारायणकाजी श्रेष्ठले संक्रमित भएको जानकारी गराइसकेका छन्।

'अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी एन्टिजेन र पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ,' प्रचण्डको निजी सचिवालयले फेसबुकमार्फत् सार्वजनिक गरेको छ।

साथै आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ। 'स्वास्थ्य अवस्था सामान्य छ,' उनको अवस्थाबारे भनिएको छ, 'यस बिचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले स्वास्थ्य सतर्कता अपनाइदिनु हुनेछ। स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलेशनमा रहनु हुनेछ। कोभिड १९ को कारण उहाँका केही पुर्वनिर्धारित कार्यक्रममा उहाँको सहभागिता हुन नसकेकोमा हामी दुखी छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell