PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

नेपालबाट हराएका दुई कलाकृति अमेरिकाको रुबिन म्यूजियमबाट फिर्ता आउने



पहिलोपोस्ट

नेपालबाट हराएका दुई कलाकृति अमेरिकाको रुबिन म्यूजियमबाट फिर्ता आउने
Photo : Rubin Museum of Art

काठमाडौं : नेपालबाट चोरी गरेर अमेरिका पुर्‍याइएका दुईवटा कलाकृति फर्काइने भएको छ। न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो संग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो।

सोमवार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले संयुक्त रूपमा रुबिनको स्थायी संग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने घोषणा गरेका हुन्।

सम्बन्धित समाचार : नेपालबाट गायब एउटै मूर्तिको 'मिलियन डलर' माथि कारोबार : सुहाउँछ कहाँ मन्दिरमा कि म्युजियममा?

मालासहित उडिरहेकी अप्सरा र मूलढोकामाथि राखिने तोरण सन् ९० को दशकमा काठमाडौँ उपत्यकाका विहारबाट हराएका थिए। ती कलाकृति रुबिन सङ्ग्रहालयमा सन् २००३ र २०१० मा पुगेका थिए।

कार्यवाहक महावाणिज्यदूत गौतमले ऐतिहासिक कलाकृति नेपाल फिर्ता गराउन सहयोग गरेकामा रुबिन संग्रहालयसहित सबैलाई आभार व्यक्त गरेका छन्।

रुबिनका कार्यकारी निर्देशक ब्रिट्स्गीले पुरातात्विक वस्तुहरूको चोरी कला संसारमा एक प्रमुख चिन्ताको विषय बनेको बताए। उनले आफूहरुले संकलन र प्रदर्शन गर्ने कला र वस्तुहरूको होसियारीपूर्वक अनुसन्धान गर्नु कर्तव्य रहेको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell