PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

खाडी मुलुकको भिजिट भिसासम्बन्धी व्यवस्थामा सरकारले गर्‍यो संशोधन, अब को को जान पाउँछन्?



पहिलोपोस्ट

खाडी मुलुकको भिजिट भिसासम्बन्धी व्यवस्थामा सरकारले गर्‍यो संशोधन, अब को को जान पाउँछन्?

काठमाडौँः सरकारले खाडी लगायतका मुलुकमा  भिजिट भिसामा जान लगाएको प्रतिबन्धमा स‌ंशोधन गरेको छ। गृह मन्त्रालयले माघ ७ गते सूचना जारी गर्दै भिजिट भिसामा खाडी राष्ट्र र मलेसियामा भिजिट भिसाबाट प्रवेश प्रतिबन्ध गरेको थियो। 

दुई दिनमै सरकारले नीति पुनरावलोकन गरेको हो। 

सरकारले सोमबारदेखि लागू हुनेगरि नीति परिमार्जन गरेको हो। 

को को जान पाउँछन्?

१. सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरू।

२. अन्तर्राष्ट्रिय कारोबार गर्ने बैङ्क तथा वित्तीय सङ्घ संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरू (संस्थागत कार्यका लागि मात्र)।

३. नेपालमा सामान आयात-निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरू (आयात निर्यात सम्बन्धी कार्यका लागि मात्र) र व्यावसायिक कम्पनी/फर्मका सञ्चालक वा व्यवसायीहरू।

४. खाडी राष्ट्रहरू बाहेक कम्तिमा २ वटा अन्य मुलुक पर्यटकको रूपमा भ्रमण गरिसकेका यात्रुहरू।

५. वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आय भई कम्तिमा सोको आधा रकम बैङ्क खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्तिहरू।

६. औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध विशिष्ट संस्थाको विशिष्ट कार्यका लागि जानुपर्ने संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरू।

७. वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनको लागि जाने म्यानपावर व्यवसायीहरू। (सञ्चालक वा आधिकारिक प्रतिनिधि मात्र)।

८. बिरामी कुरुवा वा बिरामीको रेखदेखको रूपमा जाने (३ पुस्ता भित्रका) पारिवारिक सदस्यहरू (नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयमार्फत लेखी आउनु पर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell