साहसिक पर्वातारोही निम्स पूर्जाको टीम साउथ पोलमाको लास्ट डिग्रीमा स्की गर्ने पहिलो नेपाली टोली बनेको छ। 'तिमी छिटो यात्रा गर्छौं भने एक्लै जाउ, टाढासम्मको यात्रा गर्न चाहन्छौं भने सँगै जाउ...,' स्की सफल रुपमा पूरा गरेपछि निम्सले लेखेका छन्, 'र यो त्यही हो जुन हामीले अन्टार्टिकामा गरेका छौं...।'
निम्सको टिमले साउथ पोलको लास्ट डिग्रीमा स्कीसँगै त्यहाँको भिन्सन मासिफ हिमाल समेत आरोण गरेका छन्। पाँच जनाको टीमले रेकर्ड बनाएको भन्दै निम्सले खुशी प्रकट गरेका छन्। एकताले नै मानव अस्तित्व कायम राख्ने जनाउँदै निम्सले दक्षिणी ध्रुवमा मिलेको सफलता सेयर गरेका हुन्। उनले त्यहाँबाट पर्यावरणमा देखिएको समस्या, ग्लोबल वार्मिङ, कोभिड लगायतका विषयलाई जोड्दै मानव मानवबिचको एकतालाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गरेका छन्।
एन्टार्टिकाको भिन्सन हिमालको उचाई ४ हजार ८ सय ९२ मिटर छ।
यो पनि पढ्नुस : निम्स अर्थात् : नथिङ इज इम्पोसिबल
सात महिना पूरा नहुँदै ८ हजारभन्दा अग्ला १४ हिमालको आरोहण कीर्तिमानी बनाएका निम्समाथि नेटफ्लिक्सले फिल्म पनि बनाएको छ। बेलायती सेनाको जागिर छाडेर साहसिक हिमाल आरोहणमा जोडिएका उनी चितवनका हुन्।