PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

चिलीमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित



पहिलोपोस्ट

चिलीमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीमाथि जित निकालेको छ। चिलीस्थित स्टेडियो जोरोसमा सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो।

खेलको नवौं मिनेटमै रोड्रिगो डी पउलको पासमा एन्जेल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर, २० औं मिनेटमा चिलीका लागि मार्सेलिनो नुनेजको पासमा बेन बेरेटोन डियाजले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाले फेरि अग्रता बनायो। यसपटक लौटरो मार्टिनेजले गोल गरेका थिए। त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा अर्जेन्टिनाले २-१ ले खेल आफ्नो पक्षमा पार्‍यो।

आज बिहाननै सम्पन्न अन्य खेलहरुमा ब्राजिल र इक्वेडर १-१ को बराबरीमा रोकिँदा उरुग्वेले पाराग्वेमाथि १-० गोलअन्तरले जित निकालेको थियो।

छनोटको शीर्ष दुईमा रहेका ब्राजिल र अर्जेन्टिन विश्वकपमा छनोट भइसकेका छन्। समान १४ खेलबाट शीर्षस्थानमा रहेको ब्राजिलको ३६ अंक छ भने दोस्रो स्थानको अर्जेन्टिनाको ३२ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell