PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

सक्कली नामका नक्कली रक्सी काठमाडौंका पार्टी प्यालेसमा हुन्थ्यो 'सप्लाइ'



पहिलोपोस्ट

सक्कली नामका नक्कली रक्सी काठमाडौंका पार्टी प्यालेसमा हुन्थ्यो 'सप्लाइ'

काठमाडौं : शुक्रवार र शनिवार दुई दिन लगाएर प्रहरीले नक्कली ब्रान्डका रक्सी गोदाममा छापा मारेको छ।

छापा मार्दा २ सय ९५ कार्टुनमा विभिन्न चलेका ब्रान्डका नक्कली रक्सीहरु बरामद भएको छ। भारतबाट राजस्व नतिरी ल्याइएको नक्कली रक्सी बिहे लगायतका पार्टीहरुमा जाने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

'उनीहरुले पसल र अन्य डिलर भन्दा पनि बिहेको पार्टीका लागि पार्टी प्यालेस लगायतलाई बेच्‍ने गरेको देखियो,' महानगरीय अपराध महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले भने।पक्राउ पर्नेहरुमा ३९ वर्षी सन्तोष चन्द्र बख्रेल, ३० वर्षीय शैलश पन्त, २८ वर्षीय रविन पाख्रिन, ३८ वर्षीय नारायण प्रसाद घिमिरे रहेका छन्। रवि भन्ने भारतिय नागरिक र सन्तोषचन्द्रको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू विक्रि वितरण गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

भारतबाट नेपालमा नक्कली ब्रान्डमा रक्सी आइरहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो। सामान्य खुद्रा पसलमा पुगेर प्रहरीले अनुसन्धान पनि गरेको थियो। महानगरीय अपराध महाशाखाले अन्य अनुसन्धानमा झैँ यसपटक एक खुद्रा व्यापारी भनेर अपरेसन सुरु गर्‍यो। राजधानीको सीतापाइलास्थित एक घरमा व्यवस्थित तरिकाले स्टोर गरिराखेको अवस्थामा रक्सी बरामद गरेको थियो।

उनीहरूले भारतबाट राजश्व छली गरेर नक्कली रक्सी ल्याउने गरेको खुलेको छ। उनीहरूले चिभास, रेड तथा ब्ल्याक लेबल लगायतका ब्रान्ड रक्सीहरूको नक्कली स्ट्रिकर प्रयोग गरेर बिक्री गर्ने गरेको खुलेको थियो। उपत्यकाका रामकोट, बानेश्वर, कपन लगायतका विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिराहरू बरामद गरेको हो।

सन्तोषले विगत ३ महिना अगाडी १६० कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याएर बिक्री वितरण गरेको देखिएको छ। सन्तोषले बजारमा विक्रि वितरण गर्न ईन्फिनिटि लिक्योर, मुलपानीका संचालक शैलेश पन्तसंग मिलेर कारोबार गरेको देखिएको छ। नारायण प्रसाद घिमिरेले भने रक्सी ब्राण्डका मदिराहरू डिउटी फ्रीको हो भनिग्राहकलाई विश्वास दिलाई विक्रि गर्दै आएको खुलेको छ।

१४ कार्टुन रक्सी मगाएर जब प्रहरीले फलो गर्‍यो …

उनीहरूले २ हजार देखि २५ सयसम्म ७ सय ५० एमएलको रक्सी बिक्री गर्ने गरेको खुलेको छ। प्रहरीले बरामद गरेको नक्कली रक्सीको मूल्य डेढ करोड भन्दा बढी रहेको खुलेको छ। प्रहरीले थप अनुसन्धानको लागि बरामद रक्सी तथा मानिसलाई राजस्व अनुसन्धान विभागलाई पठाउने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell