PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

भारतमा घट्दै दैनिक संक्रमतिको संख्या, मृत्यु दर भने उकालो लाग्‍दै



पहिलोपोस्ट

भारतमा घट्दै दैनिक संक्रमतिको संख्या, मृत्यु दर भने उकालो लाग्‍दै
Photo : Getty Images

भारतमा कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिपछि बढेको संक्रमण दर अहिले विस्तारै घट्दै गएको छ। दैनिक दुई लाखभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले दैनिक संक्रमितको संख्या घटेको हो। पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६१ हजार ३८६ जनामा संक्रमण देखिएको छ।

यस्तै,  २ लाख ८१ हजार १०९ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या १६ लाख २१ हजार ६०३ पुगेको छ।

संक्रमण दर घटे पनि मृत्यु दर भने भारतमा पछिल्लो समय ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा १ हजार ७३३ जना संक्रमितको मृत्यु भएको छ।मंगलवार भारतमा एकैदिन १ हजार १९२ जनाको मृत्यु भएको थियो। भारतमा संक्रमणका कारण कुल मृतकको संख्या ४ लाख ९७ हजार ९७५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell