PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

घान्द्रुक दुर्घटनापछि कलाभिरमा रेलिङ



पहिलोपोस्ट

घान्द्रुक दुर्घटनापछि कलाभिरमा रेलिङ

पोखराः गत असोज २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभिरमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए। सो स्थानमा हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्न लामा अमृत फाउण्डेशनले करिब १ लाख ४५ हजारको लागतमा भिरमा रेलिङ निर्माण गरेको छ।

घान्द्रुकका स्थानीय होटल तथा पर्यटन व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा पक्की रेलिङ निर्माणको काम भएको हो।

पर्यटकलाई आगमनलाई जोखिम रहेको स्थानमा सुरक्षित महसुस गराउन रेलिङ निर्माण गरिएको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए।

‘त्यो दुर्घटना अत्यन्तै दुखदायी बन्यो। पर्यटकमा पर्न गएको नराम्रो खबर पछि हामीले ढुक्क महसुस गराउनका लागि रेलिङ निर्माण गरेका हौँ,' उनले भने।

त्यस क्षेत्रमा थप सुरक्षाका लागि पाँच वटा घुम्तीमा ऎना राखिएको छ।

गुरुङका अनुसार अहिले जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell