A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699a99122b8699.32926940): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699a99122b8699.32926940,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699a99122bd7f4.98127409): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699a99122bd7f4.98127409,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

'न बिर्से तिमीलाई' रिरेकर्ड विवादबारे विपीन किरण : यसमा कोही कसैले कराउनु आवश्यक छैन
PahiloPost

Feb 22, 2026 | १० फागुन २०८२

'न बिर्से तिमीलाई' रिरेकर्ड विवादबारे विपीन किरण : यसमा कोही कसैले कराउनु आवश्यक छैन



लक्ष्मी बलायर

'न बिर्से तिमीलाई' रिरेकर्ड विवादबारे विपीन किरण : यसमा कोही कसैले कराउनु आवश्यक छैन

काठमाडौं : एक साताअघि चर्चित गीत 'न बिर्से तिमीलाई,'को 'रचना भर्सन' गीत सार्वजनिक भयो। जसमा गायिका रचना रिमालले स्वर भरेकी छिन्।

युट्युबमा सार्वजनिक हुनसाथ गीत विवादित बन्यो। कारण देखाइयो - अन्जु पन्तको नाम कतै उल्लेख गरिएन।

सामाजिक सञ्जालमा दर्शकश्रोता आलोचनामा उत्रे। रचनाले गीतमाथि न्याय गर्न नसकेको दोष पनि थोपरियो। गीतका रचनाकार विपीन किरणमाथि पनि आरोप लाग्यो - अन्जु पन्तको सम्मान नगरेको भन्दै।

जसै सामाजिक सञ्जाल उछालियो, अन्जु पन्त हो मा हो मिलाउन आइपुगिन्। हाल अमेरिकामा रहेकी अन्जुले फेसबुकबाटै असन्तुष्टि पोखिन्। 'मेल भर्सन'मा जगदीश समालले समेत गइसकेको गीत आफ्नै स्वरमा रिरेकर्ड गर्ने प्रस्ताव रचनाकारले गरे पनि रचनाको स्वरमा गीत आएको भन्दै अन्जुले असन्तोष प्रकट गरिन्।

'केही समयअघि विपीन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नु भएको थियो र सोहीअनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ,' उनले लेखेकी छिन्।

रचनाको स्वरमा 'न बिर्से तिमीलाई' को कभर आएपछि अन्जुको प्रतिक्रिया : मेरै आवाजमा रिरेकर्ड गर्ने कुरा थियो

रचनाको गीतमा विवाद बढेपछि अहिले सर्जकहरुसमेत सामाजिक सञ्जालमा यस विषयमा उत्रन थालेका छन्। कतिपय सर्जकहरुले अन्जुले यही गीतबाट मनग्गे अवसर पाएर सानो कुरामा चित्त दुखाउन नहुने तर्क गर्नसमेत थालेका छन्। स्टेज शोबाट पाउने रकम अन्जुले रचनाकारसँग सेयर गरेको खण्डमामात्र उनले दुखेसो पोख्न मिल्ने कतिपयको तर्क छ। केही संगीतकर्मीले भने रिरेकर्ड गरिएको गीत युट्युबमा ट्रेन्डिङमा ल्याउन र डलर झार्न रचनाकारदेखि अन्जुसम्मले फन्डा गरेकोसम्म आरोप लगाएका छन्।

यसबारे के भन्छन् गीतका सर्जक विपीन किरण?

विपीन किरण ‘न बिर्से तिमीलाई’ गीतका रचनाकारका साथै निर्माता पनि हुन्। यो गीत उनले आजभन्दा १५ वर्षअघि रेकर्ड गराएका थिए अन्जुको स्वरमा। गीतले अन्जुलाई चिनायो र श्रोताहरुमा छापै बस्यो - गीत अन्जु पन्तको हो। पछिल्लो गीत रेकर्ड विवादबारे विपीन आफू गलत नभएको र मानिसहरुले रि-रेकर्ड र रिमेकबारे नबुझे दाबी गर्छन्।

रिरेकर्डमात्रै भएकाले आफूले अन्जुको नाम मेन्सन नगरेको उनको तर्क रह्यो। निर्माताले पाउने अधिकार आफूले प्रयोग गरेको उनले बताए।

‘मैले रिमेक गरेको होइन मात्रै रि-रेकर्डिङ गरेको हुँ। जहाँ कुनै पनि गीतको मेलोडी, शब्द र एरेन्जमा तोडमोड हुन्छ भने त्यसलाई हो रिमेक/कभर भन्ने। रिमेक/कभरमा ओरिजिनल गायक/गायिकाको नाम राख्नै पर्छ। तर पुरानै शब्द,म्युजिक र एरेन्ज छ भने त्यो रि-रेकर्डिङ हो। मैले नयाँ पुस्ताकी गायिका रचनालाई लिएर रि-रेकर्डिङ गरेको हुँ। जसकारण उहाँको नाम नराखेको हुँ,’ उनले भने।

केही समयअघि अन्जुसँग आफूले यसको रिरेकर्ड, रिमेक र चाइल्ड भर्सनबारे कुरा गरेको भने विपीनले स्विकारे। तर अन्जुले रि-रेकर्डिङ र रिमेकबारे बुझ्न नसकेका कारण चित्त दुखाएको उनको तर्क छ।

विपीन भन्छन्, ‘मैले अन्जुजीसँग रिमेकको कुरा गरेको हुँ। उहाँहरु रिमेक र रिरेकर्डिङ भन्ने टेक्निकल शब्द नै बुझ्नुभएन। मैले उहाँलाई महाराज थापाले गर्नुभएको नयाँ एरेन्जमा रिमेक गराउने भएको थिए। रि-रेकर्डिङ होइन।’

नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार एकपटक रेकर्ड गरिसकेको गीत पुनः अर्को व्यक्तिलाई गाउन दिने वा नदिने त्यो कपिराइट भएको व्यक्तिको अधिकारमा निहित हुन्छ। सोही प्रतिलिपि अधिकार अनुसार नै आफू गलत नभएको र कानुनअनुसार नै गीत रि रेकर्डिङ गरेको उनी बताउँछन्।

‘जसरी अन्जु पन्त र जगदिश समालजीलाई गीत गाउन लगाएको थिएँ। त्यसरी नै रचना बैनीलाई गीत गाउन अनुरोध गरेको हुँ। यसमा कसैले पनि कराउनु पर्ने आवश्यक छैन। मैले पनि यस विषयमा काम गरेको मान्छे छु। मलाई पनि सष्ट्राको अधिकार र सम्मानको कदर छ।’

रिरेकर्डिङमा आफ्नो नाम नराखेर अन्जुले अन्यायमा परेको उल्लेख गरेकी छिन्। तर विपीनले भने १५ वर्षदेखि अनुमतिबिना यस गीतको ट्रयाक बजाउँदा कसरी अन्याय भयो भनी प्रश्न गरेका छन्।

‘अन्जुजीले पनि १५ वर्षसम्म निर्माता विपीन किरणको ट्रयाक बोकेर हिडिरहनु भएको छ। कति स्टेजमा गीत गाउनुभयो होला। त्यो गाउने अनुमति कसले दियो। उहाँले आफ्नो अधिकार खोज्दा मेरो पनि त अधिकारको कुरा खै? मैले लगानी गरेर बनाएको ट्रयाक उहाँले पनि प्रयोग गर्नु भनेको छ। तर मैले बुझेर आजसम्म ट्रयाकको पैसा मागेको छैन,’ विपीनले भने।

यो गीतलाई रेकर्ड गरेर लगानि गरेर मार्केटिङ बनाएर पपुलर बनाएको उनले भने। गीत साथै सुप्रिम मल्लको स्वरमा चाइल्ड भर्सन, रुक्साना लिम्बुको स्वरमा लिम्बु भाषामा र किरण भुजेलको स्वरमा मेल भर्सन पनि आउन लागेको बताउँछन् उनी।

तर बिहीवार भने विपीनले अन्जु पन्त र जगदिश समालको नामसहित पुराना गीतको लिंक राखेका छन्। रि रेकर्डिङमा कानुनअनुसार आवश्यक नभएपनि आफूले दर्शकको चासोलाई सम्बोधन गरेर पहिलेको गीतलाई विवरणमा समावेश गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell