PahiloPost

Aug 8, 2026 | २३ साउन २०८३

स्थानीय तह निर्वाचन रोक्न माग गर्दै दायर रिट दर्ता गर्न सर्वोच्चको आदेश, दरपीठ बदर



पहिलोपोस्ट

स्थानीय तह निर्वाचन रोक्न माग गर्दै दायर रिट दर्ता गर्न सर्वोच्चको आदेश, दरपीठ बदर

काठमाडौँः स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रशासनको दरपीठ बदर गर्दै रिट दर्ताको आदेश गरेको हो। 

कार्यकाल पूरा नहुँदै निर्वाचन घोषणा गरिएको भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीव साहले पेश गरेको रिट सर्वोच्च प्रशासनले माघ २६ गते दरपीठ गरेको थियो।

खतिवडाको इजलासले संविधान र कानुनको व्याख्यामा उठाइएको प्रश्नको विषय दरपीठ अनुचित हुने भन्दै रिट दर्ता गर्नं आदेश गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell