
विहीवार युक्रेनमाथि रसियाले आक्रमण गरेसँगै विश्वराजनीतिको ध्यान त्यता मोडिएको छ। गएराति सम्पन्न फुटबल खेलहरुमा पनि त्यसको झल्को देखियो।
🙏❤️ pic.twitter.com/gs0qa7vldU
— Atalanta B.C. (@Atalanta_BC) February 24, 2022
युक्रेनी खेलाडी रुस्लान मालिनोभ्स्कीले गएराति एट्लान्टाले ३-० ले ओलम्पियाकोसविरुद्धको खेलमा दोहोरो गोल गरे। र टिसर्टमा सन्देश लेखिएको देखाए। जसमा लेखिएको थियो: 'नो वार इन युक्रेन'।
युरोपा लिग अन्तर्गत गएराति स्पेनिस क्लब रियल बेटिस र रसियन क्लब जेनिथ सेन्ट पिटरबर्गबीच स्पेनमा खेल थियो। जहाँ घरेलु समर्थकहरु युक्रेनको झण्डा लिएर स्टेडियम पुगेका थिए। जेनिथले एग्रिगेटमा ३-२ ले पराजय ब्यहोर्दा गएरातिको खेलमा टिमका युक्रेनी डिफेन्डर यारोस्लाभ राकिट्स्की बेन्चमै रहे। उनी युक्रेनबाट ५४ खेल खेलिसकेका खेलाडी हुन्।
अझ इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमा डिफेन्डर रहेका अलेक्जेन्डर जिन्छेन्कोले सामाजिक सञ्जालमा मात्र विरोध गरेनन्। प्रदर्शनमा जाँदै इन्स्टाग्राममा तस्बिरसमेत राखेका छन्।
सम्बन्धित समाचार: रसिया-युक्रेन तनाबमा खेल कूटनीति: स्थिति नियाल्दै फिफा र यूईएफए, च्याम्पियन्स लिगको फाइनल सार्न दबाब
त्यस्तै युरोपा लिग अन्तर्गत खेलअघि स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली एकसाथ एउटा ब्यानरसँग फोटो खिचाए। जसमा ठूलो अक्षरमा लेखिएको थियो: स्टप वार।
क्रोएसियन क्लब डाइनामो जाग्रेबका समर्थकहरुले स्टेडियममा ब्यानरहरु लगेर युक्रेनलाई समर्थन रहेको उल्लेख गरेका थिए।
नर्वेको क्लब बोडोका समर्थकहरुले पनि सेल्टिक विरुद्धको खेलमा युक्रेनको झण्डा बोकेर स्टेडियममा जाँदै समर्थन गरेका थिए।
Bodo/Glimt fans show their support for Ukraine 🇺🇦#UECL | #BODCEL pic.twitter.com/APpu2PWpFE
— Football Scotland (@Football_Scot) February 24, 2022
युरोपा कन्फ्रेन्स लिगमा टर्किस क्लब फेरेनबहचसँगको खेलअघि चेक रिपब्लिकको क्लब स्लाभिया प्रागका खेलाडीहरुले युक्रेनी टीसर्ट लगाउँदै युक्रेनमाथि समर्थन जनाएका थिए। अझ स्लाभियाले युक्रेनी डिफेन्डर टारस काछाराबालाई कप्तानीको भूमिका दिएका थियो।
We stand with Ukraine! ✊ 🇺🇦 🔱 pic.twitter.com/LrZId27tcM
— SK Slavia Prague EN (@slavia_eng) February 24, 2022