PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

फरार सुचीमा रहेका पल शाह प्रहरीसामु आत्मसमर्पण गर्दै



पहिलोपोस्ट

फरार सुचीमा रहेका पल शाह प्रहरीसामु आत्मसमर्पण गर्दै

काठमाडौंः पाँच दिनदेखि प्रहरीको खोजी सुचीमा रहेका कलाकार पल शाहले आत्मसमर्पण गर्ने भएका छन्।

आज प्रहरीमा उपस्थित हुने कलाकार शाहले आफ्नो फेसबुक एकाउन्टमार्फत जानकारी दिएका छन्। घर व्यवहार र स्वास्थ्यको कारण आफू प्रहरीमा उपस्थित हुन नसकेको उल्लेख गर्दै उनले आजै आफै प्रहरीसमक्ष जाने बताएका हुन्।

उनले फेसबुकमा लखेका छन्, 'मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म "म यस्तो गीत गाउछु २' गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु। नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरीसामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु।'

बुधवार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो।

फरार भएसँगै कसरी फस्दैछन् 'अभिनेता'बाट 'अभियुक्त' भएका पूर्ण विक्रम शाह उर्फ 'पल शाह'?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell