PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

अनमोलले फिल्म 'एक्स ९' छाड्ने 'गसिप' साँचो कि झुटो ?



पहिलोपोस्ट

अनमोलले फिल्म 'एक्स ९' छाड्ने 'गसिप' साँचो कि झुटो ?

काठमाडौं: मुकुन्द भट्टको निर्देशन रहने फिल्म 'एक्स ९' निर्माण हुने घोषणा ११ महिनाअघि भएको थियो। अनुमोल केसी अनुबन्धित भएको  फिल्म बलिउड अभिनेता सुनिल सेट्टीलाई फिल्म अफर गरिएको विषयले मिडियामा राम्रै स्थान पायो।

फिल्मका लागि अनमोलले शरीरको तौल बढाउने देखि जुँगा समेत पाले। तर फेब्रुअरीदेखि छायांकन सुरु हुने भनिएको फिल्मको सुटिङ भने सुरु भएन। यसैबिच, अनमोल दिवाकर भट्टराईको फिल्म 'हनीबनी' मा अनुबन्धित भए। अनमोलले पनि फिल्म 'एक्स ९' को लागि बनाएको 'लुक' परिवर्तन गरे।

त्यसपछि फिल्म नबन्ने देखि अनमोलले फिल्म नै छोडेको समेत 'गसिप'हरु आउन थाले। अनमोलले सम्झौता गरिसकेको फिल्म 'धुपौरो' छोडिसकेका थिए त्यसैले पनि उक्त फिल्म छाड्ने हल्लाले जस पायो। तर, 'एक्स ९' का निर्देशक मुकुन्द भट्ट भने बजारका हल्ला सत्य नभएको बताउँछन्।

सम्बन्धित समाचार : अहिलेसम्म फिल्ममा अभिनेत्री नदोहोर्‍याएका अनमोल 'ए मेरो हजुर ४' मा किन फेरि सुहानासँग देखिए ?

आज 'लप्पन छप्पन २' को प्रचारप्रचार कार्यक्रममा बोल्दै उनले फिल्म शतप्रतिशत बन्ने दाबी गरे र अनमोल नै मुख्य भूमिकामा देखिने बताए।

'फिल्मको वर्कसपमा नै ४०/५० लाख खर्च भइसक्यो। फिल्म नबनाउने कुरा हुँदैन। फिल्मको धेरैजसो सुटिङ विदेशमा हुन्छ। नेपाललगायत अष्ट्रेलिया, अमेरिका, क्यानडा, लण्डनमा छायांकन गरिनेछ,' उनले भने, 'त्यसमाथि १२ करोडको लगानी। सुटिङमा गइसकेपछि केही समस्या नआओस् भन्ने हुन्छ। सबै कुराको व्यवस्था गर्न केही समय लागिहाल्छ नि। फिल्म नै बन्दैन भन्ने हल्ला व्यर्थ हो।’

उनले अनमोलले सहमतिमा नै फिल्म 'हनीबनी'मा काम गर्न सम्झौता गरेको बताए।

'मैले नै अनमोललाई दुई/तीन महिनाका लागि अर्को पोजेक्ट गर भनेको हुँ। फेरि पनि अनमोल एक्स ९ मा जोडिनेछन्। आगामी जुलाईबाट फिल्मको छायांकन सुरु हुनेछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell