PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

माइतीघरमा एमसीसीबारे १२ बुँदे टिप्पणीको आलोचना



पहिलोपोस्ट

माइतीघरमा एमसीसीबारे १२ बुँदे टिप्पणीको आलोचना

काठमाडौं : नेपाली कांग्रेस वी.पीले प्रतिनिधिसभाबाट पारित भएको एमसीसीको १२ बुँदे व्याख्यात्मक टिप्पणीको विरोधमा प्रदर्शन गरेको छ।

फागुन १२ गते बानेश्वरमा एमसीसीविरुद्ध वी.पी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको तस्विर सहितको ब्यानर सहित विरोध प्रदर्शनमा उत्रेको नेपाली कांग्रेस वीपीले आज माइतीघरमा एक कार्यक्रम आयोजना गर्दै जनतालाई झुटो आश्वासन दिएर दलहरुले आफ्नो आँखामा पट्टी लगाउँदै एमसीसी पास गरेको आरोप लगाएको हो।

पार्टीका सभापति शुशिलमान शेरचन लगायतका वक्ताले एमसीसी सम्झौता अनुमोदनको विरोध गर्दै १२ बुँदे टिप्पणीको आलोचना गरेका थिए।।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell