PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रकाश सपुतको ‘पीर’को भिडियो पुनः सम्पादन, यौनकर्मी महिलाको दृश्य हटाइयो



पहिलोपोस्ट

प्रकाश सपुतको ‘पीर’को भिडियो पुनः सम्पादन, यौनकर्मी महिलाको दृश्य हटाइयो

काठमाडौँः प्रकाश सपुतको गीत पीरको भिडियोबाट यौनकर्मी महिलाको दृश्य हटाइएको छ। उक्त दृश्य हटाएर पुनः सम्पादनपछिको भिडियो अपलोड गरिएको छ। गायक सपुतले प्रतीकात्मक रुपमा राखिएको उक्त दृश्यले एउटा समूहको आत्मसम्मानमा चोट पुगेको भन्दै दृश्य हटाइएको जनाएका छन्। 

भिडियो पुनः सम्पादनपछि अपलोड गरिएको उनले फेसबुकमार्फत जनाएका छन्। एउटा सानो दृश्यले सम्पूर्ण भिडियोको सौन्दर्यलाई नै छायामा परेकाले सम्पादन गरिएको बताएका छन्। 

उनले एक दृश्यका कारण अन्य विषय विषयान्तर भइरहने अवस्था आएकाले पुनः सम्पादन गर्नुपरेको स्पष्टीकरण समेत दिएका छन्। 

सपुतको उक्त भिडियो सार्वजनिक भएपछि नेकपा (माओवादी केन्द्र) निकटका चार भातृत संगठनले आपत्ति जनाएका थिए। माओवादी जनयुद्धको दुष्प्रचार गरिएको भन्दै उक्त भिडियो युट्युबबाट हटाउन नै उनीहरुले माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell