PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

करिश्मा एमालेमा प्रवेश गरेपछि ओलीले भने : यो कलाकारको पार्टी हो



पहिलोपोस्ट

करिश्मा एमालेमा प्रवेश गरेपछि ओलीले भने : यो कलाकारको पार्टी हो

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले हरेक दिन 'हाइट' बढाउँदै गएको बताएका छन्। मंगलवार नायिका करिश्मा मानन्धर र पूर्व मन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहलाई पार्टी प्रवेश गराउँदै उनले एमालेमा सबै नेताहरु अटाउने बताए।

ओलीले कसैले पनि एमालेमा प्रवेश गरेर पछुटाउन नपर्ने भन्दै भने, 'देशको स्वाधिनता सुरक्षित हुन्छ भने त्यस्तो स्थितिमा व्यक्तिगत हित सुरक्षित नहुने भन्ने कुरै हुदैँन,'उनले भने।

उनलेले राम्रा कामका लागि दु:ख पाइरहेको छु भन्ने कुराले आनन्द आउने  बताएका छन्। राम्रो उद्देश्य लिएर क्रियाशिल छु भन्ने आनन्द एमालेले दिने ओलीको दाबी छ। 

'नेकपा एमालेले अनुचित काम गर्दै गर्दैन। वाइडबडी भ्रष्टचार आफू गर्छन्,'उनले भने,'कहिले कहिले दु:ख हुन्छ हामी जेल पनि बसेका छौं। म चार वर्ष गोल घर बसेको छु।' 

आजमात्रै एमाले प्रवेश गरेकी करिश्मा मानन्धर सुप्रसिद्ध कलाकार भएको भन्दै उनले प्रशंसा गरेका थिए। ओलीले मानन्धरले एमालेमा प्रवेश हुनुको कारण बताएको भन्दै तारिफ समेत गरे।

सम्बन्धित समाचार : ओलीकै कारण एमाले प्रवेश गरेको करिश्माको भनाइ, ‘नेपालभर ओलीकै गुणगान हुन्छ’

'नेकपा एमाले नेपाली जनताको पार्टी हो। कलाकारको, साहित्यकारको पार्टी हो। कोही संगीत गर्ने छन् कोही नृत्यकार छन्। सबैको नेकपा एमाले पार्टी हो। यो डाक्टर इन्जिनियरको पार्टी हो,'उनले भने। 

हरेक क्षेत्रको समस्या समाधान गर्ने पार्टी एमाले नै दाबी ओलीको छ। 'सबै क्षेत्र र पेश अपनाउने नेपालीको पार्टी हो एमाले,' ओलीले भने।

यस्तै, ओलीले आगामी चुनावमा एमालेलाई बहुमत ल्याउने पार्टी बनाउन सबै लाग्नु पर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell