PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

शनिवार र आइतवार बिदाको प्रस्ताव पुग्यो मन्त्रिपरिषद्, के लागू होला?



पहिलोपोस्ट

शनिवार र आइतवार बिदाको प्रस्ताव पुग्यो मन्त्रिपरिषद्, के लागू होला?

काठमाडौं : पेट्रोलियम आयात उच्च दरले बढेपछि दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अगाडि बढेको छ। पेट्रोलियम खपत कम हुन्छ र आयातका लागि विदेशी मुद्रा खर्च कम गर्न भन्दै सातामा दुई दिन बिदा दिने प्रस्ताव गरिएको हो।

अर्थमन्त्री जनार्द्धन शर्माको अध्यक्षतामा बसेको बैठकमा वाणिज्य मन्त्रालयले दुई दिन बिदा दिने प्रस्ताव गरेको हो।

अर्थ मन्त्रालयमा मंगलवार अपरान्न छलफलमा अर्थमन्त्री शर्मा, श्रम मन्त्री किसान श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव डा. गणेश पाण्डे, डेपुटी गभर्नर बमबहादुर मिश्र लगायत अर्थ मन्त्रालयको टोली उपस्थित थियो।

 


यो पनि पढ्नुस् : पेट्रोलको मूल्य स्वचालित गराउने तयारी : लागू हुँदा भाउ कति धेरै चर्केला?


 

'शनिवार र आइतवार बिदा दिनुपर्छ भन्ने प्रस्ताव आएको हो। यसमा लामै छलफल पनि भएको हो,' वाणिज्य मन्त्रालय स्रोतले भन्यो, 'तर, यसको निर्णय हामीले गर्ने होइन। मन्त्रिपरिषद्ले गर्नुपर्छ। त्यसैले बिदाका लागि ठाडो प्रस्ताव जानसक्छ।'

शनिवार र आइतवार लगातार दुई दिन बिदा दिँदा उद्देश्य बिपरीत मान्छेहरु घुम्न जाने र पेट्रोलियम पदार्थ खपत थप बढ्ने हो कि भन्ने आशंकालाई लिएर पनि छलफल भएको थियो। त्यसो हुँदा बुधवार र शनिवार बिदा दिने हो कि भनेर पनि छलफल भएको थियो।

दुई दिन सार्वजनिक बिदा दिनका लागि आयल निगमले पनि प्रस्ताव गरेको थियो। नेपाल बैंकर्स संघले पनि मन्त्रालय र संसदीय समितिमा प्रस्ताव गरेको थियो।


यो पनि पढ्नुस् : जुत्ता चप्पलसहित ३ सय वस्तुको आयात रोकिँदै, बैंकहरुलाई एलसी नखोल्न निर्देशन


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell