PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

यौन दुर्व्यवहार गर्ने तीन शिक्षकविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता



निशा गुरुङ

यौन दुर्व्यवहार गर्ने तीन शिक्षकविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता
प्रतीकात्मक तस्विर

हेटौँडाः मकवानपुरको वाग्मती गाउँपालिका ८ स्थित जनता माविका तीनजना शिक्षकविरुद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहारको किटानी जाहेरी दिएका छन्।

घटना स्थानीय स्तरमै मिलाउन दबाब आइरहेको अवस्थामा अभिभावकहरुले गएराति प्रहरीको सहयोगमा जिल्लामा प्रहरी कार्यलय मकवानपुरमा आएर जाहेरी दिएका हुन्।

कार्यलयका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार जनताका माविका ४ जना पीडित बालिका विद्यार्थीका ३ जना अभिभावकले किटानी जाहेरी दिएका हुन्।

जनताका तीन जना शिक्षक लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा पीडितले किटानी जाहेरी दिएका हुन्। घटनापछि उनीहरू हाल विद्यालयमा बिदा लिएर बसेका छन्।

निमित्त प्रहरी प्रवक्ता दासले तीन शिक्षकविरुद्ध छात्राहरुलाई दुर्व्यवहार गरेको जाहेरी दर्ता भएको र शिक्षकहरुलाई पक्राउ गर्ने तयारी भइरहेको बताए।

तीन शिक्षकहरुले लामो समयदेखि छात्रामाथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै चैत्र २२ गते विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए।

विद्यार्थीहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाएका छन्। निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दलका प्रतिनिधिबीच बैठक बसेको थियो। बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरुले तोडफोड गरेका थिए।

 

सम्बन्धित समाचार

मकवानपुरको शान्तिपुरका तीन शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप, विद्यार्थीद्वारा विद्यालय तोडफोड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell