PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

'केजीएफ २' बारे सुनिल र झरना थापा : हामीलाई झम्टिने चितुवाले भोलि तपाईँलाई बांकी राख्छ त?



पहिलोपोस्ट

'केजीएफ २' बारे सुनिल र झरना थापा : हामीलाई झम्टिने चितुवाले भोलि तपाईँलाई बांकी राख्छ त?

काठमाडौं : वैशाख १ गते ‘ए मेरो हजुर ४’ र दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिज हुँदैछन्। 'केजीएफ २' ले पाएको शो हेर्दा नेपाली फिल्म मारमा परेको देखिन्छ। अहिले विदेशी फिल्मले नेपाली सिनाेमा घरमा बढी स्थान पाएको विषय चर्चामा छ।

यसबिच 'ए मेरो हजुर ४' का निर्देशक झरना थापा र सुनिल कुमार थापाले विदेशी फिल्मको प्रभुत्वको विरूद्धमा बोलेका छन्। फेसबुकमा झरनाले आफ्नो फिल्मको रिजिल मिति नसर्ने समेत बताएका छन्।

'कतिपयले हामी निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला चलाइरहेको हामीले थाहा पायौं। यसमा हामीलाई दुःख लागेको छ। चाहे जस्तोसुकै परिस्थिति आओस्, हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ति पनि पछि हटेका छैनौं। यसमा नेपाली चलचित्रको भलो नचाहनेहरु ढुक्क भए हुन्छ। हाम्रो चलचित्र सम्पूर्ण हलहरुमा पुगिसकेको छ,' झरनाले लेखेकी छिन्।

सम्बन्धित समाचार : नयाँ वर्षमा केजीएफ २ ले नेपाली सिनेमा घरमा जमायो कब्जा, ए मेरो हजुर ४ जुधाउनु नै मुर्खता : हल संचालक

अहिले आफूहरु एक्लै विदेशी फिल्मसँग लड्नुपरेको र यो दिन सबैले भोग्नुपर्ने उनको दाबी छ।

'अहिले हामी विदेशी चलचित्रसँग एक्लै लड्नु परेको छ। भोलि तपाईँले पनि लड्नु पर्ने नै छ। बुढी मरि भन्दा पनि काल पल्कीएको हेक्का राख्नु हुन मेरो विनम्र अनुरोध छ। चलचित्रकर्मी मित्रहरु, आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईँलाई बांकी राख्छ त ?' थापा दम्पतिले प्रश्न गरेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell