PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

महानगर र उपमहानगरमा भागबन्डा मिल्यो, अन्य पालिकामा तालमेल मिलाउन के गर्दैछ गठबन्धन ?



पहिलोपोस्ट

महानगर र उपमहानगरमा भागबन्डा मिल्यो, अन्य पालिकामा तालमेल मिलाउन के गर्दैछ गठबन्धन ?

काठमाडौं : सत्ता गठबन्धनको बुधवारको सहमति अनुसार ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबन्डाको टुंगो लागेको छ। केही दिनयता बालुवाटारमा लगातार रुपमा बसेको गठबन्धनको बैठक बुधवार निष्कर्षमा पुगेको हो। सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले सहमति जुटाएको र कुनै ठाउँमा केही कारणले सहमति नजुटे गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन्।

बाँकी पालिकामा के हुन्छ?

महानगर र उपमहानगरमा सहमति जुटाइसकेको गठबन्धनले अन्य नगरपालिका र गाउँपालिकाका बारेमा भने टुंगो लगाएको छैन। पालिकाहरुमा तालमेल गर्न गठबन्धनका तल्ला कमिटीहरुमा छलफल भइरहेको कार्कीले जानकारी दिए। 'जसरी हामीले यहाँ छलफल गरिरहेका थियौँ त्यसैगरी तल्ला ठाउँका संयन्त्रहरुमा पनि छलफल भइरहेको छ,'उनले भने।

मनोनयनको दिन सम्म सबै पालिकामा सहमतिका साथ उम्मेदवारी टुंगिने कार्कीले बताए।

सम्बन्धित समाचार : सत्ता गठबन्धनका दलले महानगर र उपमहानगरमा कहाँ कहाँ पाए प्रमुख र उपप्रमुखको उम्मेदवारी दिने भाग?

पार्टीहरुका असन्तुष्टि के हुन्छन्?

नेपाली कांग्रेसको स्थानीय कमिटीले पोखर महानगरपालिका कुनै पनि हालतमा अरु दललाई छोडन नसकिने बताएको छ। दबाब स्वरुप कांग्रेसको कास्की जिल्ला कार्यालयमा आज तालाबन्दी समेत भएको थियो। यस्तै, हेटौंडा उपमहानगरपालिकामा पनि विरोध गरिएको छ। ललितपुर महानगर कार्यसमितिले पनि प्रमुख र उपप्रमुख कांग्रेसले पाउनुपर्ने बताएको थियो। तर, पोखरा महानगर र हेटौंडा उपमहानगरको प्रुमख नेकपा एकीकृत समाजवादीलाई दिइएको छ। ललितपुर महानगरको उपप्रमुख नेकपा माओवादी केन्द्रलाई दिइएको छ। अन्य पालिकाहरुमा पनि नेताहरु असन्तुष्ट छन्।

असन्तुष्टि भएका ठाउँमा छलफल गरेर सहमति गरिने गठबन्धनका नेताहरुले बताएका छन्। चुनावसम्म यस्ता असन्तुष्टिलाई समाधान गरेर चुनाव जित्ने रणनीतिमा होमिने गठबन्धनको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell