PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

ललितपुर महानगर प्रमुख र उपप्रमुखमा एमालेबाट ब्यञ्जनकार र शाक्यले गराए मनोनयन दर्ता



पहिलोपोस्ट

ललितपुर महानगर प्रमुख र उपप्रमुखमा एमालेबाट ब्यञ्जनकार र शाक्यले गराए मनोनयन दर्ता

काठमाडौं : नेकपा एमालेबाट ललितपुर महानगर प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन्।

ललितपुरस्थित निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि ब्यञ्जनकार उम्मेदवार बनेका थिए। उनी नेपाली कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित भएका थिए।

नेपाली कांग्रेसबाट यसपटक पनि चिरिबाबु नै प्रमुख पदमा प्रतिस्पर्धा गरिरहेका छन्।

सम्बन्धित समाचार : ललितपुर महानगरमा फेरि चिरिबाबु र हरिकृष्ण बिच 'ब्याटल', के यसपाला पल्टेला दाउ?

यस्तै, ललितपुर महानगर उपप्रमुखमा एमालेबाटै आस्था शाक्य 'मञ्जली' ले उम्मेदवारी दर्ता गराएकी छिन्। गठबन्धनबाट उपप्रमुख नेकपा माओवादी केन्द्रले पाएको छ।

बाजागाजासहित र्‍याली निकालेर उनीहरु मनोनयन दर्ता गराउन पुगेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell