PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

हरिकृष्णलाई चिरिबाबुले हाँस्दै भने : उहाँ चाहिँ मसँग जित्नुहुन्‍न

हरिकृष्णलाई चिरिबाबुले हाँस्दै भने : उहाँ चाहिँ मसँग जित्नुहुन्‍न

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुर : ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसबाट चिरिबाबु महर्जनले मनोनयनपत्र दर्ता गराएका छन्।

आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन्। २०७४ सालको निर्वाचनमा चिरिबाबु नै महानगर प्रमुख पदमा निर्वाचित भएका थिए।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मत ल्याइ महानगर प्रमुखमा विजयी भएका थिए। ब्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए। त्यस्तै, माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार दिनेश महर्जनले १० हजार ६ सय ६१ मत प्राप्त गरेका थिए।

चिरिबाबुसँग ब्यञ्जनकार मात्र ३ सय २६ मतले पराजित भएका थिए। चुनावी परिणामसँग असन्तुष्ट भएका ब्यञ्जनकार अदालतसम्म पुगेका थिए।

यसपटक पनि ललितपुर महानगरपालिका प्रमुखमा एमालेबाट ब्यञ्जनकारले मनोनयन दर्ता गराएका छन्।

मनोनयन दर्ता गराएपछि ब्यञ्जनकारले यसपटक आफू ५ हजार बढी मत ल्याएर जित्ने बताएका थिए। साथै चिरिबाबुको कार्यकालमा सुरु भएको साइकल लेनको कामको आलोचना गरेका थिए।

सम्बन्धित समाचार : चिरिबाबुले साइकल लेनको नाममा सडक मात्रै पोते : एमाले मेयर उम्मेदवार ब्यञ्जनकार

चिरिबाबुले भने हरिकृष्ण आफूसँग नजित्ने बताएका छन्। मनोनयन पछि कुरा गर्दै उनले भने ‘यहाँहरुलाई वैशाख ३० गते जितेर देखाउँछु।१५ हजार बढी मतले जित्छु। उहाँ चाहीँ मसँग जित्नुहुन्न।’

उनले सबै काम एकै कार्यकालमा गर्न नसकिने भन्दै दोहोरिएर उम्मेदवारी दिएको बताए। यस्तै आरोप लगाउनु विपक्षीको धर्म भएको भन्दै आफैले जित्ने दाबी गरे।

‘विपक्षीले नानाथरी भन्छन्। म फेरि नगरवासीको मन जित्छु जित्छु जित्छु,’ उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell