PahiloPost

Dec 4, 2024 | १९ मंसिर २०८१

अलमुताइरीको व्यवहारका कारण 'विद्रोह' गरेका फुटबलर भन्छन् : गाँसबास माग्दा प्रशिक्षकले क्याम्प छाडेर जान भने

अलमुताइरीको व्यवहारका कारण 'विद्रोह' गरेका फुटबलर भन्छन् : गाँसबास माग्दा प्रशिक्षकले क्याम्प छाडेर जान भने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रशिक्षण क्याम्प छाडेर गएका फुटबलरहरुले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र टोली व्यवस्थापन पक्षको व्यवहारका कारण आफूहरु दुखित भएको बताएका छन्।

आज पत्रकार सम्मेलन गर्दै क्याम्प छाडेर गएका खेलाडीहरुले विवादित प्रशिक्षक अलमुताइरी र उनीहरुबिच भएको घटनाक्रमबारे जानकारी गराएका हुन्।  

क्लोज क्याम्पमा टोलीको नेतृत्व गरिरहेका रोहित चन्दले ‘गाँसबास’ बारे प्रश्न सोध्दा प्रशिक्षकले देखाएको व्यवहारप्रति आफूहरु असन्तुष्ट रहेको खेलाडीहरुले बताएका छन्। आधारभूत सुविधाको माग गर्दा प्रशिक्षक अलमुताइरीले क्याम्प छाडेर जान भनेको खेलाडीहरुको दाबी छ।

‘हामीले प्रशिक्षकसँग कुरा गर्न जाँदा हामीलाई पनि पटकपटक क्याम्प छाडेर जान भनेपछि हामी प्रशिक्षण क्याम्प छाडेर जान बाध्य भयौं’खेलाडीहरुको सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रशिक्षकको व्यवहारबारे आफूहरुले टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई पनि जानकारी गराएको उनीहरुले बताएका छन्। जानकारी दिएर जाँदा पनि क्याम्पबाट भागेको भनेर आरोप लगाउँदा आफहरु अचम्मित भएको उनीहरुले बताएका छन्।

सम्बन्धित समाचार : १० खेलाडीको विद्रोहपछि फुटबल टिमको मनमुटाव छरपस्ट : खेलाडी बाहिर, प्रशिक्षक मौन, एन्फाका पदाधिकारी मुखामुख

पढ्नुस खेलाडीहरुको विज्ञप्ति 



ट्रेन्डिङ पोस्ट

Ncell