
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द शिविर (क्लोज क्याम्प) मा बिहीबारदेखि १७ नयाँ खेलाडीलाई बोलाइएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप २०२३ छनोटको तयारीका लागि १७ खेलाडीलाई टोलीमा बोलाएका हुन्।
१० सिनियर खेलाडीले अलमुताइरीको व्यवहारबाट आजित भइ बन्द शिविर छाडेर हिँडेका थिए। अलमुताइरीसँग आधारभूत सुविधा र गाँसबासको माग गर्दा उनले खेलाडीलाई क्याम्प छाडेर जान भनेका थिए। त्यसपछि खेलाडीहरु बाहिरिएका थिए।
अलमुताइरीले उनीहरुको ठाउँमा नयाँ खेलाडीहरुलाई बोलाएका हुन्।
सम्बन्धित समाचार : पेचिलो बन्दै खेलाडी प्रकरण : एन्फामा कार्यसमिति बैठकको माग, दुई पक्षको कुरामा के छ विरोधाभाष ?
नेपालले एसियन कपको पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ भने अन्तिम खेल १४ जुनमा इन्डोनेसियासँग हुनेछ।
क्लोज क्याम्प खेलाडीहरु : विकेश कुथु (जीके), विशाल सुनार (जीके), अभिषेक बराल (जीके), आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष जरगा मगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रुप बहादुर लामा, संजोक राई, सेसेहाङ आङ्देम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ, सुशील राई