PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मध्यपुर थिमिमा गठबन्धनको घरदैलो

मध्यपुर थिमिमा गठबन्धनको घरदैलो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : स्थानीय तह निर्वाचन संघारमा छ। अहिले राजनीतिक दलहरु घरदैलो अभियानमा छन्। मध्यपुर थिमिमा पनि उम्मेदवारहरु अहिले जनताकहाँ पुगेर मत मागिरहेका छन्।

गएको स्थानीय तह निर्वाचनमा मध्यपुर थिमि नगरपालिका प्रमुखमा नेकपा एमालेबाट मदनसुन्दर श्रेष्ठ निर्वाचित भएका थिए। उपप्रमुख सहित बहुमत सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

यसपटक फेरि चुनावी मैदानमा होमिएका छन् मदनसुन्दर नै। उनको विरुद्धमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन बनाएर चुनावी मैदानमा छ।

प्रमुखमा नेपाली कांग्रेसबाट सुरेन्द्र श्रेष्ठ छन् भने उपप्रमुखमा माओवादी केन्द्रबाट विजयकृष्ण श्रेष्ठ। वडाहरु पनि कांग्रेस र माओवादीले भागबन्डा गरेका छन्।

मेयरका प्रत्यासी सुरेन्द्र गएको निर्वाचनमा कांग्रेसले बहुमत ल्याए पनि प्रमुख जित्न नसक्दा धेरै काम हुन नसकेको बताउँछन्। उनी यसपटक कांग्रेसले नै प्रमुख सहित बहुमत ल्याउने दाबी गर्छन्।

घरदैलोकै क्रममा आज मध्यपुर थिमिमा गठबन्धनले घरदैलो कार्यक्रम आयोजना गर्‍यो।  वडा नम्बर ५ केन्द्रित घरदैलो अभियानमा गठबन्धनबाट वडा अध्यक्षका प्रत्यासी बालकृष्ण श्रेष्ठ सहितका उम्मेदवारहरु थिए।

यता, नेकपा एमालेले पनि घरदैलो अभियानलाई तिब्रता दिएको छ। महेश बस्नेतको नेतृत्वमा भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा घरदैलो भइरहेको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell