PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

दोलखाको मिर्गे मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, दश जनाभन्दा बढी घाइते



पहिलोपोस्ट

दोलखाको मिर्गे मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, दश जनाभन्दा बढी घाइते

दोलखाः दोलखाको मिर्गे मतदान केन्द्रमा झडप भएको छ। वैत्यश्वर गाउँपालिका ३ को कालीढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप भएको हो। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको हो। 

झडपका कारण मतदान कार्य नै प्रभावित भएको छ। ढुङ्गा, लौरासहितका दुई पक्षीय कार्यकर्ताबीच झडप भएको हो। 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दोहोरो झडपमा दशभन्दा बढी घाइते भएका छन्। घाइतेको मैनापोखरीस्थित स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 

 

वैत्यश्वरकै पुतलीकाठ, गैरीमुदी मतदान केन्द्रमा पनि बिहानैदेखि झडप भएको थियो। स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर नै गरेको थियो।  
वैत्यश्वरमा केन्द्रको सत्ता गठबन्धनको निर्णय विपरीत कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसबाट निवर्तमान अध्यक्ष छवि लामा र माओवादी केन्द्र तथा एकीकृत समाजवादीको गठबन्धनबाट लक्ष्मण खड्का चुनावी मैदानमा छन्। 

एमाले एकल रुपमा चुनावी मैदानमा छ।

सम्बन्धित समाचार

मतदान सुरु नहुँदै दोलखाको वैत्यश्वरमा झडपः तीन मतदान केन्द्र तनावग्रस्त, प्रहरीले चलायो गोली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell