PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

निर्वाचन नियम उल्लंघन गरेका बाबुरामको स्पष्टीकरण : गोप्य मतदान गर्ने सिद्धान्त छैन



पहिलोपोस्ट

निर्वाचन नियम उल्लंघन गरेका बाबुरामको स्पष्टीकरण : गोप्य मतदान गर्ने सिद्धान्त छैन

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतन्त्रमा खुला रुपमा विचार व्यक्त गर्न पाउनुपर्ने बताएका छन्। गोप्य हुनुपर्ने मतदानलाई सार्वजनिक गरेका भट्टराईले गोप्य मतदानको विपक्षमा मत व्यक्त गरेका हुन्।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भट्टराईले मतदान गरिरहेको फोटो सामाजिक सञ्जामा पोस्ट गरेका थिए। आफ्नो बचाउ गर्दै भट्टराईले भनेका छन्,'लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो। मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन।गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो। तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन,'भट्टराईले भनेका छन्। 

सम्बन्धित समाचार : बाबुरामले उल्लंघन गरे गोप्य मतदान गर्नुपर्ने नियम, भट्टराईलाई होला १५ हजार रुपैयाँ जरिवाना?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell