PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भोलिबाट काठमाडौं महानगरपालिकाको मतगणना ७ ठाउँमा हुने



पहिलोपोस्ट

भोलिबाट काठमाडौं महानगरपालिकाको मतगणना ७ ठाउँमा हुने

काठमाडौः राष्ट्रिय सभामा जारी मतगणना ढिलो भएको गुनासो बढ्न थालेपछि निर्वाचन कार्यालयले मतगणना स्थल थप गर्ने भएको छ। भोलि बिहानबाट एउटा मतगणनास्थल  थप गर्न लागिएको काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए।

'हामीले तीनवटा बाट सुरु गरेको अहिले ३/४ गर्दै आजबाट ६ ठाउँमा गरेका छौं। भोलि बिहानबाट सात ठाउँ गर्दछौं। राष्ट्रिय सभागृहमा उपलब्ध गराइएको ठाउँ सीमित छ। सबै कोठाहरु खाली छैन,' मुख्य निर्वाचन अधिकृत खतिवडाले भने।

शनिवार बिहान ९ बजेदेखि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको थियो। अहिलेसम्म १० हजार भन्दाबढी मत गणना भएको छ। अहिलेको हिसाबमा नै मतगणना गर्दै जाने हो भने दुई साता बढी लाग्ने देखिएको छ। तर मुख्य निर्वाचन अधिकृत खतिवडा भने हिजोको तुलनामा आज छिने र भोली झन् छिटो बनाउँदै ल्यैजाने बताउँछन्।

कहिले सकिएला काठमाडौं महानगरको मत गणना? के ट्रोलमा जस्तै बालेनको बाँकी कपाल फुलेपछि?

कर्मचारीको अभाव, मतपत्रको प्रकृति, स्थानको अभाव लगायतले मतगणनामा केही समस्या जस्तो भएको उनले बताए।

काठमाडौं महानगरपालिका ३२ वटा वडा रहेका छन्। ३/४ वडामा मतदाताको सङ्ख्या १५ हजार भन्दा धेरै छ। ३ लाख मतदाता रहेको काठमाडौंमा ६३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। त्यही हिसाबले डेढ लाख भन्दा धेरै मतपत्र गणना गर्नुपर्ने देखिन्छ। अहिलेको हिसाबले नै मतगणना गर्ने हो भने अर्को दुई साता बित्नेछ मत गन्दैमा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell