
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वडामा एमाले 'क्लिन स्वीप'भएको छ।
भक्तपुरको सूर्य विनायक नगरपालिकाको वडा नम्वर २ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रदिप कार्की १ हजार ५ सय ११ मत ल्याएर निर्वाचित भएका छन्। एमालेका विश्व राज विष्ट १ हजार ३ सय ५ मत ल्याएर पराजित भए। वडा सदस्यमा नेपाली कांग्रेसकै जनार्दन खड्का र भगत राना निर्वाचित भए। खड्काको १ हजार ४ सय ७६ मत छ भने रानाको १ हजार ४ सय २४ मत छ। महिला सदस्यमा कल्पना खड्काले १ हजार ५ सय २१ मत ल्याएर निर्वाचित भइन्।
दलित महिला सदस्यमा पनि नेपाली कांग्रेसकी रन्जिता तिखत्री १ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएकी छन्। यसअघि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा पनि कांग्रेस पराजित भएको थियो।