PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

निर्वाचनका दिन विभिन्न कसुरमा समातिएकालाई कारबाही गर्न निर्वाचन आयोगको प्रहरीलाई निर्देशन



पहिलोपोस्ट

निर्वाचनका दिन विभिन्न कसुरमा समातिएकालाई कारबाही गर्न निर्वाचन आयोगको प्रहरीलाई निर्देशन

काठमाडौंःनिर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनका क्रममा गैर कानुनी रूपमा हुलदङ्गा, ढुङ्गा मुढा, तोडफोड गर्ने, हातहतियारसहित मतदान केन्द्रमा प्रवेश गर्ने जस्ता कार्य गर्नेहरूलाई कारबाही गर्न निर्देशन दिएको छ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ कारबाहीबारे नेपाल प्रहरीलाई मङ्गलवार निर्देशन दिएको हो। कारबाहीबारे आयोगले आज गरेको सो निर्णयका आधारमा नेपाल सरकार गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको हो ।

शान्तिपूर्ण निर्वाचन तर पनि ४७ स्थानमा हवाइ फायर: काठमाडौँमा मतपत्र च्यात्नेदेखि डोल्पामा मतपेटिकामा मसी पोत्नेसम्म

कारबाहीको लागि प्रहरी प्रधान कार्यालयलाई दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचनको दिन रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका नै लुटपाट गरेका थिए। यमुनामाई गाउँपालिका वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो।

त्यस्तै निर्वाचन आचारसंहिता विपरीत र गैर कानुनी क्रियाकलाप गर्ने १६ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ। जसमा मतपत्र च्यात्नेदेखि पटक पटक मतदान गर्नेसम्म रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell