PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चुनाव लड्न राजीनामा दिएका एसएसपीको हकिकतः कांग्रेसले टिकट दिएन, स्वतन्त्र उठ्दा जनताले भोटै दिएनन्



पहिलोपोस्ट

चुनाव लड्न राजीनामा दिएका एसएसपीको हकिकतः कांग्रेसले टिकट दिएन, स्वतन्त्र उठ्दा जनताले भोटै दिएनन्

काठमाडौँः स्थानीय तहको निर्वाचन लड्न प्रहरीबाट राजीनामा पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले पराजय भोगेका छन्।राजीनामापछि धनुषाको विदेह नगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट उम्मेदवार बनेका साहले हार ब्यहोरेका हुन्। नगर प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।

२०४९ चैतमा उनी प्रहरी सेवामा प्रवेश गरेका थिए। उनीसँगैका ब्याची धीरजप्रताप सिंह अहिले प्रहरी महानिरिक्षक छन्। साह एसएसपीभन्दा माथि पुग्न सकेनन्। साहले ३० वर्षे सेवा अवधि पूरा नहुँदै सङ्गठनबाट राजीनामा दिएर अर्कै धार समाते। धनुषा गृह जिल्ला भएका साहले निर्वाचन हुनुभन्दा चार महिना अगाडि नै राजीनामा बुझाएर चुनावमा होमिएका थिए। 

एकै ब्याचीले निर्वाचनको सुरक्षा कमान सम्हाल्दा यी प्रहरी भने बेग्लै दौडमा...

फागुन १० गते गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको थियो। साहले निर्वाचनमा आफ्नो नगरको मेयर पदमा उम्मेदवारी दिने तयारी गरेर नै राजीनामा दिएका थिए। धनुषाको विदेह नगरपालिकाबाट उनले उम्मेदवारी दिने भनेका थिए। नेपाली कांग्रेसबाट टिकट पाउने आश्वासन पाएपछि उनले राजीनामा दिएका थिए। कांग्रेसबाट चुनाव लड्ने तयारी थियो। तर, जब चुनावले छोप्यो। मौखिक बचन पूरा भएन। कांग्रेसबाट चुनाव लड्न राजीनामा दिएका साहले टिकट नै पाएनन्। त्यसपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्।

साह पराजित नगरको प्रमुखमा एमालेका बेचन दास तत्मा चार हजार ४१२ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का राजकिशोर रोहिता यादवले तीन हजार ४२७ मत ल्याएका हुन्। 

यस्तै उपप्रमुखमा एमालेकै आशा झा चार हजार ६५९ मत ल्याएर निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीमादेवी महतोले दुई हजार ७८६ मत प्राप्त गरिन। यो सँगै एमालेले धनुषाको दुई स्थानीय तहको प्रमुख र उपप्रमुख जितेको हो। यसअघि एमालेले धनुषाको औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell