PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

न्याय माग्दै पोखरामा प्रदर्शन, युवाहरुको माग : हद म्याद खारेज गर



पहिलोपोस्ट

न्याय माग्दै पोखरामा प्रदर्शन, युवाहरुको माग : हद म्याद खारेज गर

पोखरा : 'अब त अति भो, नबोल्दा क्षति भो', 'वि वान्ट जस्टिस', 'हद म्याद खारेज गर'  लगायतका नाराको प्लेकार्ड बोकेर युवाहरु शनिवार दिउँसो पोखराको मानव अधिकार चोकमा जम्मा भए। सामाजिक संजालबाट आफू बलात्कारमा परेको भन्दै भिडियो सार्वजनिक गरेकी युवतीको पक्षमा स्वस्फूर्त रुपमा उनीहरु भेला भएका थिए।

पीडितलाई न्याय र बलात्कारीलाई सजायको माग गर्दै पोखरामा वुमेन्स रुम रिलोडेडले आयोजना गरेको दबाबमूलक कार्यक्रममा ऐक्यवद्धता जनाउनेको संख्या धेरै थियो।

'गृहमन्त्री कहाँ छौं ? न्याय माग्न यहाँ छौं’, ‘अब त अति भो, नबोल्दा क्षति भो' लगायतका नाराहरु गुञ्जिए।  न्यायको माग गर्दै उपस्थिति भएको समुहले मानवअधिकार चोक, न्युरोड हुँदै पृथ्वीचोकमा गएर कोण सभामा परिणत भएको थियो। उनीहरुले बलात्कारको घटनामा हदम्याद खारेज हुनुपर्ने माग समेत गरेका थिए।

आजको अभियानको नेतृत्व गरेकी स्मृति ओझा बलात्कारसम्बन्धी संवेदनशील घटनामा हदम्याद लागू हुनु कानुनले नै अन्याय गरेको बताउँछिन्।

८ वर्षअघि यौन हिंसामा परेकी युवतीको भिडियो सार्वजनिक भएपछि प्रहरीले आज काठमाडौंको स्वयम्भूबाट ग्लोबल कन्सेल्टेन्सीका संचालक मनोज पाण्डेलाई पक्राउ गरेको छ। युवतीको पक्षमा न्याय माग्दै आज काठमाडौंमा पनि प्रदर्शन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell