PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

किशोरी बलात्कार प्रकरण : स्वयम्भूबाट समातिए मनोज पाण्डे



सविन ढकाल

किशोरी बलात्कार प्रकरण : स्वयम्भूबाट समातिए मनोज पाण्डे

काठमाडौं : १६ वर्षको उमेरकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डे पक्राउ परेका छन्। सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले बलात्कार गरेको आरोप उनीमाथि लागेको छ।

नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्रेको एक प्रहरी अधिकृतले जानकारी दिए।

गत बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो।

२०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दवाब दिएका छन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो।

सुरुमा उनलाई प्रहरीले कडा निगरानीमा राखेको थियो। जनस्तरबाट चर्को दवाव, प्रतिनिधिसभामा सांसद गगन थापाको माग र सभामुख अग्नि सापकोटाको निर्देशनपछि गृह मन्त्रालयले छानविनका लागि समिति नै गठन गरेको थियो। त्यसअनुसार आज उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि हद म्याद नाघेको केस भन्दै उनको गिरफ्तारी हुन सकेको थिएन।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले पाण्डेलाई निगरानीमा राखेको थियो। तर कानुनमा हदम्यादको कारणले गर्दा प्रहरीले तत्काल नै पक्राउ गर्न सकेको थिएन। शुक्रवार पीडित युवतीसँग भेटेपछि र कानुनी परामर्शपछि आज प्रहरीले पाण्डेलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले जानकारी दिए।

'बिहीवारदेखि नै हाम्रो निगरानी थियो। तर कानुनी जटिलताले गर्दा केही ढिलो भएको हो। अब थप अनुसन्धान अगाडि बढ्छ,' ती प्रहरी अधिकृतले भने।

सम्बन्धित समाचार

बलात्कार भोगेकी युवतीको खुलासा, ब्युटी प्याजेन्टका नाममा यौन शोषण : 'खसी बाजी राख्‍ने'लाई समात्‍ने प्रहरी जघन्य अपराधमा के हेरिरहेको छ?

बलात्कार भएको भन्दै युवतीले भिडियोबाट सार्वजनिक गरेपछि प्रहरीले थाल्यो अनुसन्धान

यौन शोषणकै कारण आत्महत्याको प्रयाससम्म गरेकी युवतीलाई श्रृंखलाको साथ : तिम्रो गल्ती छैन

हद म्यादबारे यसअघिका यस्ता नजिर जसले बलात्कृत युवतीलाई दिनसक्छ न्यायको आधार

प्रमाणले पीडित पुष्टि गर्दा पनि न्याय नदिने गजबको कानुन!

'हद म्याद'बारे नेपालमा न्याय : आँखा बन्द, हात बाँधिएको ​

​ऊ जितेर पनि हारी, अब के तिमी हारेर जित्छौ?

चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा

न्यायको मौनता तोड्न माइतीघरमा भेला भएका युवाले सोधे : राष्ट्रपति के मलाई सहयोग गर्छौ?

न्याय माग्दै स्वतस्फूर्त बालुवाटार घेर्न पुगे युवा : यौन हिंसाविरुद्ध प्रदर्शन

हदम्याद सम्बन्धी कानुन पुनर्विचार गर्न गगन थापाको माग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell