PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

लगनमा सुनिताको विजयउत्सव, स्थानीयले सगुन दिएर गरे स्वागत

लगनमा सुनिताको विजयउत्सव, स्थानीयले सगुन दिएर गरे स्वागत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुखमा निर्वाचित सुनिता डंगोललाई सगुन दिएर स्वागत गरिएको छ। पुर्खोली घर भएको लगन पुगेकी सुनितालाई स्थानीयले सुगन र फलफूल दिएर स्वागत गरेका हुन्।

लगन क्षेत्रमा धन्यवाद दिँदै हिँडेकी सुनिताको साथमा काठमाडौं महानगरका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्य पनि सहभागी थिए। शाक्यको घर पनि लगनमा नै पर्छ।

आज निर्वाचित भएपछि सुनिताले काठमाडौंलाई अरु कुनै शहर जस्तो नभइ कान्तिपुरी नगरी बनाउन सबैले सहयोग गर्नपर्ने बताएकी थिइन्।  

सम्बन्धित समाचार : जित हारको मानसिकता त्यागेर काठमाडौंलाई कान्तिपुरी नगरी बनाउने हो : सुनिता डंगोल



ट्रेन्डिङ पोस्ट

Ncell