PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

डर-धम्की देखाएर ७ करोड रकम माग गरेको अभियोगमा ७ जना पक्राउ



पहिलोपोस्ट

डर-धम्की देखाएर ७ करोड रकम माग गरेको अभियोगमा ७ जना पक्राउ

काठमाडौं : डर-धम्की देखाएर  ७ करोड रुपैयाँ माग गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका-१० घर भई हाल काठमाडौंको गोठाटार बस्ने २१ वर्षीय सुजन आचार्य, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-८ घर भई हाल बुढानिलकण्ठ बस्ने २९ वर्षीय टेक विक, बझाङको खप्तडछान्ना गाउँपालिका-७ घर भई हाल कोटेश्वर बस्ने २९ वर्षीय धर्मराज थापा रहेका छन्।

त्यस्तै, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-२ घर भई हाल काँडाघारी बस्ने ३३ वर्षीय उमेश भण्डारी, गुल्मीको धुर्कोट गाउँपालिका-२ घर भई हाल रातोपुल बस्ने २९ वर्षीय बसन्ता खनाल, चितवनको भरतपुर महानगरपालिका-११ घर भई हाल सिनामंगल बस्ने ३२ वर्षीय सुरज शर्मा र सिनामंगलका ३३ वर्षीय श्रवण कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका ७ जनामध्ये सुजन २०७६ सालमा पनि मकवानपुरबाट पक्राउ परेका थिए। प्रहरीसँग मिलेर लाखौँको हीरा लुटेको अभियोगमा उनी त्यतिबेला पक्राउ परेका थिए। उनले आफू पत्रकार भन्दै विभिन्न ठाउँमा ठगी गर्ने गरेको त्यसबेला प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको थियो।

उनीहरुले योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाएर ७ करोड रुपैयाँ माग गरेको प्रहरीले जानकारी दिएको छ।

रकम मागेको सूचनाको आधारमा खटिएको विशेष अनुसन्धान टोलीले बिहीवार काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट ७ जनालाई पक्राउ गरेको हो। आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell