PahiloPost

Jul 3, 2024 | २० असार २०८१

मेयर वालेन्द्र साहले गरे पदभार ग्रहण, काठमाडौंको फोहोर व्यवस्थापन पहिलो प्राथमिकता



पहिलोपोस्ट

मेयर वालेन्द्र साहले गरे पदभार ग्रहण, काठमाडौंको फोहोर व्यवस्थापन पहिलो प्राथमिकता

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साह (बालेन)ले पदभार ग्रहण गरेका छन्। बागदरबारस्थित जेडिए कम्पलेक्सस्थित महानगर कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गरेपछि प्रमुख साहले आफूहरुको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन रहेको बताए। सिसडोल र बन्चरेडाँडामा फोहोर बिसर्जनको दीर्घकालीन उपाय निकाले पछि अन्य विषयमा पनि चर्चा गर्ने उनले बताए।

सम्बन्धित समाचार : वालेन्द्र साहले लिए महानगर प्रमुखको शपथ, नेपालभाषामा पनि लिए शपथ

महानगर प्रमुख निर्वाचित भएको दिन नै उनी ल्यान्डफिल साइट प्रभावित क्षेत्र पुगेका थिए। त्यहाँ उनले स्थानीयसँग छलफल गरेर फोहोर व्यवस्थापनको उपाय निकालेपछि मात्रै उत्सव मनाउने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell