PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

पदभार ग्रहणपछि उपप्रमुख सुनिता डंगोल : अब व्यक्तिको होइन संस्थाको सफलताबारे सोचौं



पहिलोपोस्ट

पदभार ग्रहणपछि उपप्रमुख सुनिता डंगोल : अब व्यक्तिको होइन संस्थाको सफलताबारे सोचौं

काठमाडौं : काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले पदभार ग्रहण गरेकी छिन्। बागदरबारस्थित महानगरपालिका कार्यालयमा उनले पदभार ग्रहण गरेकी हुन्।

पदभार ग्रहरण गरेसँगै उनले अब सबै मिलेर काठमाडौंको निर्माणमा जुट्नुपर्ने बताइन्। महानगरमा अहिले विभिन्न दल र स्वतन्त्र उम्मेदवार जितेर आएको भन्दै उनले अब व्यक्तिगत भन्दा संस्थाको सफलतामा ध्यान दिनुपर्नेमा जोड दिएकी हुन्।

‘जो जुन दलबाट आए पनि स्वतन्त्र भए पनि अब टिम वर्कबाट काम गर्नुपर्छ। व्यक्तिको सफलता असफलता होइन संस्थाको सफलता बारे ध्यान दिनुपर्छ। काठमाडौं महानगरपालिका सफल भए हामी सफल हुन्छौं,’ उनले भनिन्।

सम्बन्धित समाचार : नेपालभाषामा सुनिता डंगोलले लिइन् महानगर उपप्रमुखको शपथ

डंगोलले उपप्रमुखको रुपमा कार्यकारी अधिकार आफूसँग नभए पनि कानुनले दिएको सबै अधिकार पूरा गर्ने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell