PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

८ प्रतिशत आर्थिक वृद्धिदरलाई आधारहीन भनेका विष्णु पौडेललाई मिनेन्द्रको जवाफ : आफ्नो बजेट पल्टाएर हेर्नुस्



पहिलोपोस्ट

८ प्रतिशत आर्थिक वृद्धिदरलाई आधारहीन भनेका विष्णु पौडेललाई मिनेन्द्रको जवाफ : आफ्नो बजेट पल्टाएर हेर्नुस्

काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले बजेटको मूल दिशा ठिक रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा रिजालले अहिलेको अवस्थामा यो भन्दा पृथक ढंगले बजेट आउन नसक्ने बताएका हुन्।

त्यसक्रममा उनले प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बजेटले लिएको आर्थिक वृद्धिदरको आयाममाथि गरेको टिप्पणीको आलोचना गरे।

पौडेलले आजको बैठकमा सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप लगाएका थिए। पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले आर्थिक बोझ पर्ने गरि बजेट ल्याएको बताएका थिए।‍

सम्बन्धित समाचार : पाँच महिना बाँकी भएको सरकारले आर्थिक बोझ पर्ने गरि बजेट ल्यायो : विष्णु पौडेल

त्यसैको जवाफ दिँदै उनले भने, 'पोहोर साल उहाँले बजेटको विवरण संसदमा होइन, संसद बाहिर प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झिएर प्रस्तुत गरेको भए कति राम्रो हुने थियो। उहाँले त्यसबेला ६.५ प्रतिशतले वृद्धि हुनेछ भन्नु भयो। कोभिड १९ले थलिएको थियो मुलुक। खोप लगाउनु सुरु पनि गरिएको थिएन। आज ८ भन्दा उहाँलाई अचम्म जस्तो लाग्यो। मैले यति भन्छु, भूमिका बदलिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell