PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भोटोजात्राको तयारी, जावालाखेलमा यसरी हुँदैछ सरसफाइ



पहिलोपोस्ट

भोटोजात्राको तयारी, जावालाखेलमा यसरी हुँदैछ सरसफाइ

ललितपुर : जावलाखेलमा भोटोजात्राको लागि तयारी भइरहेको छ। वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को भोटो जात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीसहितका उच्च पदस्थ व्यक्ति जावलाखेल पुग्दैछन्। 

हाल रथ राखिएको स्थानमा सरसफाइको काम भइरहेको छ।

प्राचीन कालमा कर्कोटक नागराजकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहारस्वरुप पाएको बहुमूल्य गहना र हीरा जडित भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको कथन छ। यद्यपि, जात्रा कहिलेबाट सुरु भयो र यससँग जोडिएका किम्बदन्तीबारे थप अध्ययन आवश्यक रहेको बताइन्छ।

पढ्नुस : खासमा कहिलेबाट सुरु भयो भोटोजात्रा? यससँग जोडिएका किम्बदन्ती कति विश्वसनीय?

भोटो जात्रा सम्पन्न भएपछि रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमतीमा रहेको मन्दिरमा लगिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell