PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जावलाखेलमा भोटोजात्रा, दृश्यमा दुई वर्षपछि भएको पर्वको रौनक

जावलाखेलमा भोटोजात्रा, दृश्यमा दुई वर्षपछि भएको पर्वको रौनक

समर्थ रञ्जित/पहिलोपोस्ट


ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को भोटो देखाइएको छ। जावलाखेलमा रहेको रथको चारै दिशाबाट भोटो देखाइएको हो।

भोटो जात्राका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत संवैधानिक निकायका प्रमुखहरु उपस्थित रहेको थियो। जात्रा हेर्न हजारौंको संख्यामा मानिसहरु जावलाखेल पुगेका थिए।

कोरोना भाइरस संक्रमणका कारण दुई वर्षसम्म रातो मछिन्द्रनाथको रथयात्रा पुल्चोकबाट नजिकैको पाटीसम्म पुर्‍याएर सकाइएको थियो। दुई वर्ष भोटोजात्रा बिना नै रातो मछिन्द्रनाथलाई बुंगमति फर्काइएको थियो।

प्राचीन कालमा कर्कोटक नागराजकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहारस्वरुप पाएको बहुमूल्य गहना र हीरा जडित भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको कथन छ। यद्यपि, जात्रा कहिलेबाट सुरु भयो र यससँग जोडिएका किम्बदन्तीबारे थप अध्ययन आवश्यक रहेको बताइन्छ।

पढ्नुस : खासमा कहिलेबाट सुरु भयो भोटोजात्रा? यससँग जोडिएका किम्बदन्ती कति विश्वसनीय?

भोटो जात्रा सम्पन्न भएपछि रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमतीमा रहेको मन्दिरमा लगिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell