PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

रामचन्द्रलाई सिर्जनाले सम्झाइन राजनीतिक पृष्ठभूमि, 'जेलमा हुँदा दिएको सहयोग बिर्सनुभएको हो?'



पहिलोपोस्ट

रामचन्द्रलाई सिर्जनाले सम्झाइन राजनीतिक पृष्ठभूमि, 'जेलमा हुँदा दिएको सहयोग बिर्सनुभएको हो?'

काठमाडौंः वंशवादका आधारमा टिकट वितरण हुँदा काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस हारेको वरिष्ठ नेता रामचन्द्र पौडेलको अभिव्यक्तिको सिर्जना सिंहले खण्डन गरेकी छिन्। कांग्रेसबाट पराजित उम्मेदवार सिंहले नेता पौडेललाई आफ्नो राजनीतिक पृष्ठभूमि बिर्सेको हो भनी प्रश्न समेत गरेकी छिन्।

पढ्नुस्ः सिर्जना सिंहले 'वंशवाद' का आधारमा टिकट पाएकोले काठमाडौंमा कांग्रेस हार्‍यो : रामचन्द्र पौडेल 

पौडैललाई ट्वीटमा जवाफ दिँदै सिंहले भनेकी छिन्, 'मेरो राजनीतिक यात्रा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नुभएको थाहा पाउनु भएको (हामी छिमेकी जिल्लाबासी पनि। मेरो बिहेअघि तपाईं गोरखामा जेल पर्नु हुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनुभएको हो दाई? यो कुरा तपाईंको मुखबाट आउँदा, भन्दा अली सुहाएन की दाई।'

आफ्नो राजनीतिक पृष्ठभूमिबारे जानकार पौडेलले गरेको टिप्पणी सुहाउँदो नभएको पनि उनको भनाई छ।

महानगरको मेयरको प्रतिस्पर्धामा सिंह पराजित भएकी थिइन्। स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell