PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

भारतमा पैगम्बरको अपमान हुँदा माल्दिभ्स सरकार किन बोलेन? संसदमा दर्ता भएको प्रस्ताव अस्वीकृत



पहिलोपोस्ट

भारतमा पैगम्बरको अपमान हुँदा माल्दिभ्स सरकार किन बोलेन? संसदमा दर्ता भएको प्रस्ताव अस्वीकृत
Photo/People's Majlis

माल्दिभ्सको संसदमा भारतमा पैगम्बर महोम्मदको अपमान भएको विषयमा दर्ता भएको आपतकालीन प्रस्ताव अस्वीकृत भएको छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता नूपुर शर्माले पैगम्बर मुहम्मदविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको विषयमा माल्दिभ्सको सरकारले त्यसको निन्दा गर्न असफल भएको भन्दै संसदमा प्रस्ताव दर्ता भएको थियो। सोमवार बसेको बैठकले उक्त प्रस्ताव अस्वीकृत भएको हो।

सांसद सहरिफ उमरले उक्त प्रस्ताव दर्ता गराएका थिए। मुसलमान बाहुल्य देशले पैगम्बरविरुद्धको आपत्तिजनक अभिव्यक्तिको विरोध गर्दा माल्दिभ्स सरकारले केही नबोलेको भन्दै प्रस्ताव दर्ता गराएका थिए।

संसदमा भएको मतदानमा ४३ सांसद सहभागी भएका थिए। जसमा ३३ जनाले प्रस्तावको विरुद्ध मतदान गरेका थिए। १० जनाले मात्र प्रस्तावको पक्षमा मत दिएका थिए।

पढ्नुस : भारतसँग रुष्ट बन्दै अरबी देश, पैगम्बरप्रतिको विवादित बयान मोदीलाई कति भारी पर्ला?

कुवेत, कतार, इरान, साउदी अरब, पाकिस्तान, अफगानिस्तानले भारत समक्ष विरोध जनाइसकेको छ। अरब देशहरुको विरोध पछि भारतीय जनता पार्टी नूपुरसँगै नवीन जिन्दललाई कारवाही गरेको थियो।

यता, माल्दिभ्सको प्रोगेसिभ कंग्रेस कोलिएसनले पनि नूपुरको अभिव्यक्तिको विरोध गर्दै विज्ञप्ति निकालेको छ। कोलिएसनले भारतमा मुस्लिमहरुलाई बस्ने राम्रो वातावरण बनाउन माग समेत गरेको छ।  

हाल माल्दिभ्स सरकार र भारत सरकारको सम्बन्ध राम्रो रहेको बताइन्छ। तर, विपक्षीहरु भने भारतविरुद्ध एक छन्। माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्लाह यामीनले यसको नेतृत्वको गरिरहेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell