PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

केकेको अन्तिम गीत 'धुप पानी बहने दे' रिलिज



पहिलोपोस्ट

केकेको अन्तिम गीत 'धुप पानी बहने दे' रिलिज
Photo : KK/INSTAGRAM

भारतीय गायक केके (कृष्ण कुमार कन्नथ) को अन्तिम गीत रिलिज भएको छ। ३१ मे मा कोलकतामा निधन भएका केकेको गीत ‘धुप पानी बहने दे’ बोलको गीत रिलिज भएको हो। फिल्म शेरदिल :द पीलीभीत सागाका लागि केकेले गीतमा आवाज दिएका थिए।

यस फिल्ममा पंकज त्रिपाठी, सयानी गुप्ता लगायत कलाकारको भूमिका रहेको छ।

केकेले गाएको अन्तिम गीत पर्यावरण र जंगलको जगेर्णाबारे रहेको छ। यो गीत रिलिज भएसँगै फ्यानहरुले केकेलाई श्रद्धान्जली दिइरहेका छन्।

पढ्नुस : जिङ्गल गाउँदै सुरु भएको थियो केकेको यात्रा, बलिउडलाई दिएका थिए आइकनिक रोमान्टिक गीत

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell