PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

प्रहरीको स्कर्टिङमा यसरी बञ्चरेडाँडा पुग्दैछ फोहोर बोकेको गाडी

प्रहरीको स्कर्टिङमा यसरी बञ्चरेडाँडा पुग्दैछ फोहोर बोकेको गाडी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बञ्चरेडाँडामा फोहोर खसाउन स्थानीयले रोकेपछि प्रहरी परिचालन गरिएको छ। सोमबार शहरी विकास मन्त्रालयमा मंगलवारबाट फोहोर बञ्चरेडाँडामा खसाउने सहमति भएको थियो। तर, स्थानीयले ‘काठमाडौंमा भएको सहमति मान्दैनौं’ भनेर आज बिहानैबाट सडक अवरोध गरेका थिए।

स्थानीयले फोहोर लग्न सडक अवरुद्ध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर बोकेको गाडी लगिँदैछ। प्रहरीको स्कर्टिङमा फोहोर बञ्चरेडाँडा लगिएको हो। फोहोर बिसर्जन गर्न रोक्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीयलाई नियन्त्रणमा राखेर अहिले फोहोरको गाडी अघि बढाइएको हो।

सम्बन्धित समाचार : फोहोर फाल्न स्थानीयको अवरोधपछि प्रहरीको धरपकड, सुरक्षाकर्मी परिचलान गरेर बञ्चरेडाँडा लगियो गाडी

 



ट्रेन्डिङ पोस्ट

Ncell